लन्डन। बेलायतबाट सञ्चालित गोर्खा मिडिया डटकमले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ। आइतबार अल्डरसटको प्यालेस हलमा एक कार्यक्रम आयोजना गरी मिडियाको वार्षिकोत्सव मनाइएको हो।
स्थापनाका दुई वर्ष पूरा गरी तेस्रो वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा गोर्खा मिडियाले समाजसेवी, स्रष्टा र आफ्नो टीमका सदस्यहरुलाई सम्मान गरेको छ।
बेलायतमा ’माइला-कान्छा सहयोग अभियान’ सञ्चालन गरी नेपालमा थुप्रै सामाजिक कार्य गरेका पार्वती गुरुङ र माया गुरुङ सम्मानित भएका छन्। कोभिड महामारी उत्कर्षमा रहेका बेला नेपालका विभिन्न क्षेत्रमा पुगेर राहत बाँडेका उनीहरुलाई गोर्खा मिडियाले वर्षका समाजसेवीको रुपमा सम्मान गरेको हो।
गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु गुरुङ र कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्यालले सम्मानित समाजसेवीद्वयलाई दोसल्ला, खादा र सम्मानपत्रसहित सम्मान गरेका थिए।
त्यस्तै, गोर्खा मिडियाले नेपालस्थित चार स्रष्टालाई १० हजार रुपैयासहितको स्रष्टा सम्मान प्रदान गरेको छ। यो सम्मान प्राप्त गर्नेहरुमा कृष्ण थापामगर, अञ्जु थोकर लामा, सागर तामाङ र जानु काम्बाङ लिम्बू छन् ।उनीहरुलाई नेपालमै कार्यक्रम गरी सम्मान वितरण गरिने जनाइएको छ।
कार्यक्रममा गोर्खा मिडियाले सेवाको कदर गर्दै सहसम्पादक प्रकाश गुरुङलाई पनि सम्मान गर्यो ।
त्यस्तै, सल्लाहकारद्वय एकेन्द्र गुरुङ र चित्रबहादुर गुरुङ, गायिका तारा श्रीषसहित सहयोगी तथा विज्ञापनदाताहरुलाई पनि प्रसंशापत्र वितरण गरिएको थियो।
वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बेलायत अध्यक्ष ध्रुवराज अर्यालले कोभिड महामारीबीचमा शुरु भएको गोर्खा मिडिया स्थापनाका दुई वर्षमै बेलायतको स्थापित हुनु उपलब्धिपूर्ण रहेको बताए।
प्रवासमा मिडिया सञ्चालन चुनौतीपूर्ण हुँदाहुँदै पनि दृढ अठोट र लगावसहित अघि बढेको गोर्खा मिडियालाई आगामी दिनमा थप सफलता मिल्ने विश्वास उनले व्यक्त गरे।
कार्यक्रमका सभापति एवम् गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमुले यो स्थानसम्म आइपुग्न सहयोग गर्ने टीमका सदस्य, सल्लाहकार, विज्ञापनदाता एवम् बेलायतको नेपाली समुदायप्रति आभार प्रकट गरे।
गोर्खा मिडियाले पत्रकारितासंगै समाजसेवालाई पनि अघि बढाउँदै जाने अठोट उनले व्यक्त गरे।
त्यसअवसरमा गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङले मिडिया स्थापनाको पृष्ठभूमिसहित अहिलेसम्मको यात्रामा गरिएका विभिन्न सामाजिक कार्य र गतिविधिबारे जानकारी गराएका थिए।
सल्लाहकारद्वय एकेन्द्र गुरुङ र चित्रबहादुर गुरुङले शुभकामना व्यक्त गर्दै गोर्खा मिडियाले बेलायतको नेपाली समुदायमा कदरयोग्य योगदान पुर्याएको उल्लेख गरे।
कार्यक्रमको सञ्चालन विमल गुरुङले गरेका थिए। सो अवसरमा एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ, नेफिन यूके अध्यक्ष कर्मा पहाडी शेर्पा, फोनिज यूके अध्यक्ष गोमा राना, तमु समाज यूके अध्यक्ष शिवचन्द्र गुरुङ, सहारा यूके पूर्व अध्यक्षद्वय मीनबहादुर गुरुङ र कुमार गुरुङ, बेक्सली नेपाली समाजका पूर्व अध्यक्ष विजय गुरुङ, व्यावसायीहरु कमल पौडेल, सूर्यप्रकाश गुरुङ, पत्रकारहरु नवीन पोखरेल, बाचस्पति रेग्मीसहित विभिन्न संस्था र समुदायका अगुवाहरुको उपस्थिति थियो।

मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान