
लण्डन । बेलायत सरकारले घोषणा गरेको आधा शताब्दीको सबैभन्दा ठूलो कर कटौतीले अन्तर्राष्ट्रिय विश्वासलाई कमजोर बनाएपछि सोमबार अमेरिकी डलरको तुलनामा बेलायती पाउण्डको मूल्य कमजोर बनेको छ ।
सोमबार बिहान पाउण्ड करिब चार प्रतिशतभन्दा बढीले घटेर १.०३५ डलरको हाराहारीमा पुगेको छ । यससँगै पाउन्डको मूल्य डलरको बराबरीको नजिक पुगेको छ । यद्यपि बेलायती मुद्राको अवस्था अपरान्ह्सम्ममा १.०७ डलरभन्दा माथि पुगेको छ ।
सन् १९७२ यताकै सबैभन्दा ठूलो ४५ अर्ब पाउण्डको कर कटौतीपछि चान्सलर क्वासी क्वार्टेङले सप्ताहन्तमा ‘अझै धेरै कर कटौती आउन बाँकी’ रहेको बताएपछि यो ठूलो परिवर्तन भएको हो ।
क्वार्तेङले आइतबार सञ्चारकर्मीसँग भन्नुभयो, “म अर्को वर्ष हेर्न चाहन्छु कि मानिसहरूले आफ्नो आयको अधिक हिस्सा कायम राख्छन्, किनकि मलाई विश्वास छ कि यो बेलायती जनताले नै यो अर्थव्यवस्थालाई चलाइरहेका छन् ।”
बेलायती अनलाइन इन्भेस्टमेन्ट सर्भिस इन्टरेक्टिभ इन्भेस्टरका बजार प्रमुख रिचर्ड हन्टरका अनुसार डलरको शक्तिसँगै सरकारी बजेटको प्रभावले स्टर्लिङलाई केही समयका लागि अहिलेसम्मकै न्यून बिन्दुमा पुर्याएको छ ।
हन्टरले भन्नुभयो, “बजेटले पहिले नै अत्यधिक ऋणग्रस्त अर्थव्यवस्थामा थप दबाब सिर्जना गर्नेछ भन्ने चिन्ताले वित्तीय अनुशासनहीनताको आरोपको सामना गर्नु परेको छ ।
यसको परिणामस्वरूप बैंक अफ इंग्ल्याण्डले प्रतिक्रियामा आपतकालीन घोषणा गर्नुपर्ने हुन सक्छ भन्ने अड्कलबाजी पनि भएको छ । क्वार्तेङले शुक्रबार कर कटौती गर्ने र आर्थिक वृद्धिलाई बढावा दिने आफ्नो महत्वाकांक्षी योजना सार्वजनिक गर्नुभएको थियो ।
बजार विश्लेषकहरूले यस्तो आर्थिक अनिश्चितताको सामना गर्दा सरकारलाई घाटाको वित्तपोषण गर्न ठूलो कठिनाई हुने सङ्केत गरेका छन् ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ