
लण्डन । बेलायत सरकारले घोषणा गरेको आधा शताब्दीको सबैभन्दा ठूलो कर कटौतीले अन्तर्राष्ट्रिय विश्वासलाई कमजोर बनाएपछि सोमबार अमेरिकी डलरको तुलनामा बेलायती पाउण्डको मूल्य कमजोर बनेको छ ।
सोमबार बिहान पाउण्ड करिब चार प्रतिशतभन्दा बढीले घटेर १.०३५ डलरको हाराहारीमा पुगेको छ । यससँगै पाउन्डको मूल्य डलरको बराबरीको नजिक पुगेको छ । यद्यपि बेलायती मुद्राको अवस्था अपरान्ह्सम्ममा १.०७ डलरभन्दा माथि पुगेको छ ।
सन् १९७२ यताकै सबैभन्दा ठूलो ४५ अर्ब पाउण्डको कर कटौतीपछि चान्सलर क्वासी क्वार्टेङले सप्ताहन्तमा ‘अझै धेरै कर कटौती आउन बाँकी’ रहेको बताएपछि यो ठूलो परिवर्तन भएको हो ।
क्वार्तेङले आइतबार सञ्चारकर्मीसँग भन्नुभयो, “म अर्को वर्ष हेर्न चाहन्छु कि मानिसहरूले आफ्नो आयको अधिक हिस्सा कायम राख्छन्, किनकि मलाई विश्वास छ कि यो बेलायती जनताले नै यो अर्थव्यवस्थालाई चलाइरहेका छन् ।”
बेलायती अनलाइन इन्भेस्टमेन्ट सर्भिस इन्टरेक्टिभ इन्भेस्टरका बजार प्रमुख रिचर्ड हन्टरका अनुसार डलरको शक्तिसँगै सरकारी बजेटको प्रभावले स्टर्लिङलाई केही समयका लागि अहिलेसम्मकै न्यून बिन्दुमा पुर्याएको छ ।
हन्टरले भन्नुभयो, “बजेटले पहिले नै अत्यधिक ऋणग्रस्त अर्थव्यवस्थामा थप दबाब सिर्जना गर्नेछ भन्ने चिन्ताले वित्तीय अनुशासनहीनताको आरोपको सामना गर्नु परेको छ ।
यसको परिणामस्वरूप बैंक अफ इंग्ल्याण्डले प्रतिक्रियामा आपतकालीन घोषणा गर्नुपर्ने हुन सक्छ भन्ने अड्कलबाजी पनि भएको छ । क्वार्तेङले शुक्रबार कर कटौती गर्ने र आर्थिक वृद्धिलाई बढावा दिने आफ्नो महत्वाकांक्षी योजना सार्वजनिक गर्नुभएको थियो ।
बजार विश्लेषकहरूले यस्तो आर्थिक अनिश्चितताको सामना गर्दा सरकारलाई घाटाको वित्तपोषण गर्न ठूलो कठिनाई हुने सङ्केत गरेका छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान