
लण्डन । सृजनशील नेपाली समाज युकेले आफनो भवन खरिद गर्ने भएको छ ।
शनिबार साँझ अल्डरसटको द ईम्पाएर हलमा आयोजित च्यारिटी कार्यक्रममा पहिलो चरणमै ५५ हजार पाउण्डको कबुल प्राप्त भएको छ ।
समाजका अध्यक्ष भक्त दर्जीले पहिलो चरणको कार्यक्रमबाट कबुल रकमले उत्साहित हँुदै आगामी एक वर्षमा भवन खरिद गर्ने बताए ।
समाजका संस्थापक एवं सरक्षक शेर बहादुर सुनारले समाज स्थापनाको १५ वर्षको अवधिमा गर्न लागेको पुण्य काममा सबैले सहयोग गर्नहुन अनुरोध गरे ।
तमुधीं युकेका अध्यक्ष हितकाजी गुरुंग, मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष लाल पुन, गोरखा जिल्ला तमु समाज युकेका पूर्व अध्यक्ष फडकजित गुरुंगले यस शुभकार्यमा आफनो सहयोग हुने बचन दिए ।
हाल बेलायतमा रहेका ह्युम्यानिष्ट ईन्टनरनेशनल नेपालका महासचिव अर्जुन परियारले प्रवासमा समाज एकजुट भई नयाँ भवन खरिद गर्न लागेकोमा खुशी व्यक्त गर्दै शुभकामना दिए ।
कार्यक्रममा पत्रकारहरु दिनेश कुमार परियार, बाचस्पति रेग्मी र मिलन तमु गुरुंग उपस्थिति थिए ।
च्यारिटी कार्यक्रममा कलाकारहरु सुमन गौतम, शान्तारानी परियार, निर आलेमगर, मधुसुदन थापा, बिलन थापामगर, जुना श्रीशले मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रमको संचालन भने बिकास रनपैलीले गरका थिए ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]