
लण्डन । सृजनशील नेपाली समाज युकेले आफनो भवन खरिद गर्ने भएको छ ।
शनिबार साँझ अल्डरसटको द ईम्पाएर हलमा आयोजित च्यारिटी कार्यक्रममा पहिलो चरणमै ५५ हजार पाउण्डको कबुल प्राप्त भएको छ ।
समाजका अध्यक्ष भक्त दर्जीले पहिलो चरणको कार्यक्रमबाट कबुल रकमले उत्साहित हँुदै आगामी एक वर्षमा भवन खरिद गर्ने बताए ।
समाजका संस्थापक एवं सरक्षक शेर बहादुर सुनारले समाज स्थापनाको १५ वर्षको अवधिमा गर्न लागेको पुण्य काममा सबैले सहयोग गर्नहुन अनुरोध गरे ।
तमुधीं युकेका अध्यक्ष हितकाजी गुरुंग, मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष लाल पुन, गोरखा जिल्ला तमु समाज युकेका पूर्व अध्यक्ष फडकजित गुरुंगले यस शुभकार्यमा आफनो सहयोग हुने बचन दिए ।
हाल बेलायतमा रहेका ह्युम्यानिष्ट ईन्टनरनेशनल नेपालका महासचिव अर्जुन परियारले प्रवासमा समाज एकजुट भई नयाँ भवन खरिद गर्न लागेकोमा खुशी व्यक्त गर्दै शुभकामना दिए ।
कार्यक्रममा पत्रकारहरु दिनेश कुमार परियार, बाचस्पति रेग्मी र मिलन तमु गुरुंग उपस्थिति थिए ।
च्यारिटी कार्यक्रममा कलाकारहरु सुमन गौतम, शान्तारानी परियार, निर आलेमगर, मधुसुदन थापा, बिलन थापामगर, जुना श्रीशले मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रमको संचालन भने बिकास रनपैलीले गरका थिए ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा