लण्डन । बेलायतमा यसै महिना गठन भएको नयाँ सरकारका अर्थमन्त्री क्वासी क्वाटेङले आज संसदमा मिनी बजेट पेश गरेका छन् ।
बजेटमा उनले मुख्यत दुई क्षेत्रमा जोड दिएका छन् । पहिलो आयकर । जसमा उनले विगतमा १२ हजार ५७१ पाउण्डदेखि ५० हजार २७० पाउण्डसम्म वार्षिक आय हुने व्यक्तिलाई २० प्रतिशत आयकर लगाइँदै आएकोमा १ प्रतिशत घटाइ १९ प्रतिशत कायम गरेका छन् । जुन आगामी आर्थिक वर्ष (१ अप्रिल २०२३) देखि लागू हुनेछ । यसबाट करिब ३ करोड १० लाख मानिसले वार्षिक १७० पाउण्ड जोगाउने सरकारको अनुमान छ । उता ५० हजार २७१ देखि १ लाख ५० हजार पाउण्डसम्म वार्षिक आय हुनेहरुका लागि आगामी आर्थिक वर्षदेखि ४५ प्रतिशत आयकर लगाउने पूर्व निर्णयलाई मिनि बजेटमा खारेज गरिएको छ र उनीहरुङ्का लागि पूर्ववत ४० प्रतिशत आयकर कायम गरिएको छ । यसबाहेक यसअघि लगाइएको हेल्थ एण्ड सोसल लेभीलाई यही नोभेम्बर महिनादेखि हटाइएको छ भने कर्पोरेट ट्याक्स १९ प्रतिशताट २५ प्रतिशत बनाउने पूर्व निर्णय पनि रद्द गरिएको छ।
बजेटमा जोड दिइएको अर्को विषय हो प्रोपर्टी । यसअघि पहिलोपटक घर किन्नेहरुलाई ५ लाख पाउण्डसम्मको घर किन्दा ३ लाख पाउण्डमा स्ट्याम्प ड्यूटी लाग्दैनथ्यो । मिनि बजेटमा त्यसलाई बढाई ६ लाख २५ हजार पाउण्डसम्मको घर किन्दा ४ लाख २५ हजार पाउण्डमा स्ट्याम्प ड्यूटी नलाग्ने बनाइएको छ । यसका साथै पहिले आवासीय घर किन्दा १ लाख २५ हजार पाउण्डसम्ममा स्ट्याम्प ड्यूटी नलाग्नेमा त्यसलाई बढाई २ लाख ५० हजार पाउण्डसम्ममा स्ट्याम्प ड्यूटी नलाग्ने बनाइएको छ ।
बेलायतमा वित्तीय परामर्श सेवा दिँदै आएको ए स्टार फाइनान्सियल सोल्युसन्सका प्रिन्सिपल मिन दर्लामीमगर मिनी बजेटको स्ट्याम्प ड्यूटीसम्बन्धी प्रावधानले पहिलोपटक घर किन्न चाहनेहरुलाई प्रत्यक्ष लाभ दिने बताउनुहुन्छ । अहिले बेलायतको अर्थतन्त्र अनौठो मोडबाट गुज्रिरहेको बताउँदै दर्लामीले बजारलाई चलायमान बनाउन सरकारले प्रोपर्टीसम्बन्धी नयाँ प्रावधानहरु ल्याएको विश्लेषण गर्नुभयो । यसअघि पनि कोरोना महामारीका बेला सरकारले प्रोपर्टी मार्केटलाई चलायमान बनाउन विभिन्न योजना ल्याएको उहाँले स्मरण गराउनु भयो ।
बेलायतमा वित्तीय परामर्श दिँदै आएको पीपल ग्रुपका प्रबन्ध निर्देशक सूर्यप्रकाश गुरुङ सरकारको नयाँ नीतिबाट पहिलोपटक घर किन्नेहरुलाई करिब ६ हजार पाउण्ड प्रत्यक्ष लाभ हुने बताउनुहुन्छ । साथै प्रोपर्टीमा लगानी गर्न चाहने, एउटा घर बेचेर अर्को ठाउँमा घर किनेर सर्नेहरुलाई पनि यसबाट फाइदा पुग्ने उहाँको विचार छ । उनीहरुले करिब २ हजार ५०० पाउण्ड बचाउन सक्ने गुरुङको प्रारम्भिक आँकलन छ । बेलायत आर्थिक मन्दीमा जान लागेको, ब्याज दर वृद्धिले गर्दा प्रोपर्टी मार्केट ओरालो लाग्छ कि भनेर सरकारले सहुलियतपूर्ण योजनाहरु ल्याएको गुरुङको विश्लेषण छ ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान