लण्डन । बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्ठी सेप्टेम्बर १९ मा हुने भएको छ ।
उनको अन्तिम सँस्कारको मिति शनिबार तय गरिएको हो । सो दिन बेलायतमा राष्ट्रिय विदा घोषणा गरिएको छ ।
महारानीको अन्तिम सँस्कार राजकीय सम्मानका साथ लण्डनको वेष्टमिन्स्टर आबेमा हुने छ भने अन्त्येष्ठीका लागि विन्जर चापलमा लगिने भएको छ ।
महारानीको शव यात्रा आइतबार बिहानबाट नै शुरु भएको छ । उनको देहान्त भएको स्कटल्याण्डको बालमोराल क्यासलबाट आइतबार बिहान उनको शब स्कटल्याण्डको राजधानी एडिनबरास्थित महारानीको निवास पालेस अफ होलिरोड हाउसमा ल्याइएको छ । सोमबार महारानीको शबलाई सेन्ट जाइल्स क्यासलमा लगिने छ ।
मंगलबार उनको शवलाई स्कटल्याण्डबाट हवाइजहाजमा लण्डन ल्याइने छ । सेप्टेम्बर १५ देखि चार दिनसम्म महारानीको शव वेष्टमिन्स्टर आबेमा सर्वसाधारणलाई अन्तिम बिदाईका लागि राखिने छ ।
महारानीको अन्तिम सँस्कार अघि नवनियुक्त राजा चार्ल्स तृतीय, क्वीन कन्सोट कमिला र प्रधानमन्त्री लिज ट्रसका साथ बेलायतका चार वटै राज्यको भ्रमण गर्नेछन् ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम