
लण्डन । बेलायती प्रधानमन्त्री लिज ट्रसले बेलायती महारानीबाट नयाँ सरकार गठनको स्वीकृति पाएको केही घण्टाभित्रै मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएकी छिन् ।
उनको मन्त्रीमण्डलमा क्वासी क्वाटेङले अर्थ मन्त्रीको जिम्मेवारी पाएका छन् भने जेम्स क्लेभर्लीले विदेश मन्त्रीको । दुवैजना अल्पसंख्यक समुदायको हुनुहुन्छ ।
यस्तै टेरेसा कफीलाई स्वास्थ्य तथा उपप्रधानमन्त्री, सुयला ब्रेभरमानलाई गृह, बेन बालेसलाई रक्षा, नदिम जाहावीलाई चान्सलर अफ डचे अफ ल्याङ्कासायर, साइमन क्लार्कलाई लेभलिङ अप मन्त्रालयको जिम्मा दिइएको छ । बालेसबाहेक सबैले पहिले सम्हालिरहेको भन्दा फरक जिम्मेवारी पाएका छन् ।
जाकोब रिस मोगलाई व्यापार, केमी बाडेनोकलाई अन्तर्राष्ट्रिय व्यापार, क्लोइ स्मीथलाई वर्क तथा पेन्सन, आलोक शर्मालाई कोप २६ को अध्यक्ष, ब्रान्डन लुइसलाई न्याय, कीट माल्टहाउसलाई शिक्षा, रनिल बिक्रमसिंगेलाई वातावरण, आन मारी ट्रेभलिनलाई यातायात, क्रिस हिटन ह्यारिसलाई उत्तरी आयरल्याण्ड, अलिष्टर ज्याकलाई स्कटल्याण्ड, रोवर्ट बकल्याण्डलाई वेल्स, मिसेल डोनलानलाई सँस्कृति मन्त्रालयको जिम्मा दिइएको छ । यसमध्ये आलोक शर्माले मात्र पूर्ववत जिम्मेवारी पाएका छन् ।
ट्रसका प्रतिष्पर्धी ऋषि सुनकको समर्थन गर्नेहरुमा माइकल इलिसले महान्यायाधिवक्ताको जिम्मेवारी पाएका छन् ।
उता गोरखा सम्बन्धी वार्ता गर्ने मन्त्रालय रक्षा मन्त्रालमा पुरानै मन्त्री कायम रहे पनि वार्ता टोलीको संयोजक रहेका पूर्व मन्त्री जोनी मर्सर भने मन्त्रालयबाट हटाइएका छन् । उनको स्थानमा जेम्स हेप्पे आएका छन् । उनी यसअघि सोही मन्त्रालयको राज्यमन्त्री रहेका थिए । उने अब आर्म्ड फोर्सेस तथा भेटेरान मन्त्रीको काम पनि हेर्नेछन् ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव