काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले भेटवार्ता गर्नुभएको छ ।
गृह मन्त्रालयमा आज भएको भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री खाँणले बेलायतको सहयोगमा सन् २०१४–२०२१ सम्म ‘सुरक्षा र न्यायको सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकामा राजदूत पोलिटलाई धन्यवाद दिनुभयो ।
परियोजनालाई निरन्तरता दिँदै बेलायतको ‘फरेन कमनवेल्थ एण्ड डेभलभमेन्ट अफिस’ले सन् २०२१ को अक्टोबरमा नै उक्त कार्यक्रम पुनः स्वीकृत गरिसकेको थियो । नेपाल र बेलायतबीच यस सहयोगलाई कार्यान्वयन गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने सन्दर्भमा उहाँले गृहमन्त्रीसँग भेटवार्ता गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री खाँणले परियोजनाले पहिलो चरणमा सुरक्षा र न्यायमा जनताको पहुँच बढाउन, लैङ्गिक हिंसा रोक्न तथा प्रहरी र समुदायको सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
यसकै निरन्तरतास्वरुप परियोजनाको दोस्रो चरण लागू गर्न आवश्यक ‘एमओयू’को मस्यौदामा नेपाल प्रहरीलाई धेरैभन्दा धेरै उपकरण र भौतिक संरचनामा सहयोग गर्ने गरी पुनरावलोकन गर्न नेपाल सरकारले गरेको आग्रहलाई बेलायतले सकारात्मकरूपमा लिएकामा मन्त्री खाँणले राजदूतमार्फत बेलायत सरकारलाई धन्यवाद दिनुभयो ।
भेटमा बेलायती राजदूत पोलिटले नेपालमा सङ्क्रमणकालीन न्यायबारे चासो व्यक्त गर्नुभएको थियो । मन्त्री खाँणले राजनीतिक द्वन्द्व व्यवस्थापनका लागि सरकार विभिन्न राजनीतिक समूह र विद्रोहीसँग गरिएका सहमति कार्यान्वयनका लागि प्रतिवद्ध रहेको बताउनुभएको थियो । उहाँले नेत्रविक्रम चन्द (विप्लव) जनमत पार्टी र थारू कल्याणकारी सभासँग भएका सहमति कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।
सरकारले दिगो शान्ति स्थापना, लोकतन्त्रको सुदृढीकरणका लागि विभिन्न राजनीतिक दलहरूसँग सहमति गरेको र त्यो सहमति कार्यान्वयनको चरणमा रहेको चर्चा गर्दै मन्त्री खाँणले नेपालको सङ्क्रमणकालीन अवस्थालाई निराकरण गर्न अन्तर्राष्ट्रिय नियोग र विदेशी समुदायले प्रदान गरेको सहयोगका लागि बेलायती राजदूतलाई धन्यवाद व्यक्त गर्नुभयो ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]