
लण्डन । बेलायतमा मुद्रास्फिति चालिस वर्ष यताकै उच्च बनेको छ ।
अफिस फर न्याशनल स्ट्याटिटिक्सले बुधबार सार्वजनिक गरेको आँकडाअनुसार जुलाइमा बेलायतको मुद्रास्फिति दर १०.१ प्रतिशत पुगेको छ ।
यो सन् १९८२ फेब्रुअरी यताकै सबैभन्दा उच्च हो । त्यसबेला मुद्रास्फिति १०.२ प्रतिशत पुगेको थियो । तर मुद्रास्फिति तर अझै उच्च हुने आँकलन गरिएको छ । अक्टोबरसम्ममा सो दर १३.३ प्रतिशतसम्म पुग्ने विज्ञहरुले विश्लेषण गरेका छन् ।
जुन र जुलाइ महिनामा खाद्यवस्तु र पेयपदार्थमा भएको चर्को मूल्यवृद्धिले मुद्रास्फितिमा योगदान गरेको बताइएको छ । पाउरोटी, सिरियल, दुध, चीज, अण्डामा उल्लेख्य मूल्यवृद्धि भएको छ ।
युक्रेन युद्धका कारण कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र इन्धनको मूल्यमा भएको वृद्धिका कारण मूल्य बढेको विश्लेषण गरिएको छ ।
उता मुद्रास्फितिको दाँजोमा तलवमा भने वृद्धि हुन सकेको छैन ।
बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्न प्रमुख प्रतिपक्षी दल र पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले विभिन्न उपायहरु सुझाए पनि सत्तारुढ कंजरभेटिभ पार्टीले भने कुनै योजना ल्याएको छैन ।
सेप्टेम्बर ५ मा छानिने नयाँ नेता र प्रधानमन्त्रीको टुङ्गो लागेपछि मात्र त्यस्तो योजना ल्याइने बताइएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक