
लण्डन । साहित्यकार तथा लेखक विश्वासदीप तिगेलाको विश्व व्यवस्था बारेको अनुसन्धानात्मक पुस्तक ‘ह्वाई चाइन नट रिप्लेसिङ अमेरिका’ को बेलायतमा विमोचन गरिएको छ ।
आइतबार बेलायतको अल्डरसटस्थित द पालेसमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले सो पुस्तकको विमोचन गरेका हुन् ।
नेपाली साहित्यमा एक दर्जनभन्दा धेरै कृति प्रकाशन गरिसकेका तिगेलाले क्यान्टवरी यूनिभर्सिटीबाट राजनीतिशास्त्रमा स्नातक र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन् । उनले स्नातकोत्तर डिग्रीको निमित्त तयार गरेको शोधपत्रलाई नै पुस्तकको रुपमा इण्डिपेन्डेन्ट पब्लिकेशन युकेले प्रकाशन गरेको हो ।
चाइनालाई घेर्ने पश्चिमा रणनीति जारी रहेको बखत तिगेलाले चाइनाको तिब्बत समस्या, सिंज्यिाङ प्रान्तको उहिगुर मुस्लिमहरु माथिको दमन, ताइवान समस्या, हङकङ समस्या र दक्षिण चीनको सामुन्द्रिक झगडाको बारेमा पर्गेलेका छन् भने विश्वलाई प्रभाव पार्ने चिनियाँ योजना वेल्ट एण्ड रोड इनिसिएटिभ, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष मार्फत जारी पश्चिमाहरुको प्रभावलाई निस्तेज गर्न बनेको ब्राजिल रसिया इण्डिया चाइना र दक्षिण अफ्रिका (व्रिक्स) एलायन्स, चीन र रसिया बीचको सैनिक हतियार विकासमा भएको दुई देशको सम्झौता र प्रगति, चिनियाँ सरकारको राजनैतिक संरचना, चिनियाँ कम्युनिष्ट प्रणालीको प्रकृति, चिनियाँ सरकारले चीनका आदिवासी जनजातिहरुलाई दिने हक अधिकार र सेवासुविधा, चीनका पिता माउत्सेतुङ, चिनियाँ अर्थतन्त्रका पिता देङ स्याओपिङ र वर्तमान चिनियाँ राष्ट्रपति सि जिङपिङले प्रतिपादन गरिएको भनिएको चिनियाँ विशेषताको समाजवादको बारेमा पुस्तकमा समेटेका छन् ।
चीनका पिता माउत्सेतुङले भनेका थिए -शक्ति बन्दुकको नालबाट निस्कन्छ तर त्यसको ठिक विपरीत चिनियाँ शक्ति सावल र सिमेन्टबाट निस्किएको टिप्पणी तिगेलाले पुस्तकमा गरेका छन् । संरचना निर्माण गर्ने शक्तिकै कारण सिंगो अफ्रिका, ल्याटिन अमेरिका र आँशिक एशिया चीनको पछि लागे पनि चीनको प्रभाव रोक्न र सीमित भूमिकामा राख्न अमेरिका लगायत सिंगो पश्चिमालगायतका मुलुकहरु हरसम्भव तिकडम गरिरहेको अवस्था एकातिर रहेको अर्कोतिर अरु देशको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने जस्ता एक्लोपन भएको चीनियाँ परराष्ट्र नीतिको कारण अहिले नै चीनले अमेरिकाको अन्तर्राष्ट्रिय भूमिकालाई प्रतिस्थापन गर्न नसक्ने तिगेलाको ठहर तर केही समय पछाडी भने सो सम्भवलाई नकार्न नसकिने उनको तर्क छ ।
लेखक तिगेलाले सो समारोहमा अन्य मुलुकमा आदिवासी जनजातिहरुको हकअधिकारलाई कसरी संवैधानिक रुपबाट सुरक्षित र ब्यवस्थित गरिएको छ भन्ने बारेमा चीन, क्यानाडा र भारतको ब्यवस्था बारेमा प्रिजेन्टेशन गरेका थिए । नेफिन युकेका अध्यक्ष कर्म पहाडीको अध्यक्षतामा भएको कार्यक्रमलाई नेफिन महासचिव विमला सेनेले संचालन गरेकी थिइन ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम