
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले ३ दिने चिल्ड्रेन समर क्याम्प आयोजना गर्ने भएको छ । २४, २५ र २६ अगष्टका दिन बीसीसी यूकेको अल्डरसटस्थित बौद्ध गुम्बा परिसरमा चिल्ड्रेन समर क्याम्प आयोजना गर्न लागिएको हो ।
विशेषगरी बेलायतमा रहेका नेपाली बालबालिकाहरुलाई बुद्धिज्म, मेडिटेशन, योगा, दैनिक पूजापाठ, साम्बुटा लिपी लगायतको विषयमा जानकारी गराउने उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गर्न लागिएको बीसीसी युकेका प्रमुख सल्लाहकार एवं उक्त समर क्याम्पका संयोजक मेजर खुशीमान गुरुङले जानकारी दिए । उनका अनुसार उक्त समर क्याम्पमा भाग लिन आउने बालबालिकाहरुलाई बीसीसी यूकेका धर्मगुरु टुल्कु जिग्मे सामतेन, खेन्पो केल्जेङ्ग, लोपन नोर्बुलगायत बीसीसी युकेका पदाधिकारीहरुले विभिन्न विषयमा जानकारी गराउने कार्यक्रम रहेको छ ।
बीसीसी युकेले गतवर्ष २०२१ को अगष्ट महिनामा पहिलोपटक आयोजना गरिएको ३ दिने समर क्याम्पमा २७ जना बालबालिकाहरुले भाग लिएका थिए । उक्त ३ दिने समर क्याम्प संचालनबाट धेरै बालबालिकाहरुले बौद्ध दर्शन, मेडिटेशन, योगालगायतको विषयमा जानकारी गराउन सफल भएको कार्यक्रम संयोजक मेजर गुरुङले जानकारी गराउँदै यसपटकको क्याम्पबाट समेत धेरै बालबालिकाहरुले बौद्ध दर्शनबारे जानकारी लिने विश्वास व्यक्त गरे ।
उक्त ३ दिने चिल्ड्रेन समर क्याम्पमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म प्रत्येक दिन बालबालिकाहरुलाई बौद्ध शिक्षासँगसँगै मनोरञ्जनात्मक खेल समेत खेलाइने छ । उक्त समर क्याम्पमा आफ्ना छोराछोरीहरुलाई पठाउन इच्छुक अभिभावकहरुले गुम्बामा सम्पर्क गर्न बीसीसी युकेले हार्दिक अनुरोध गरेको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ