लण्डन । प्रवासी नेपाली मञ्च, युके, साउथ वेष्ट कमिटीको अध्यक्षमा प्रेम गुरुङ निर्वाचित भएका छन् ।
कमिटीको आइतबार भर्चुअलरुपमा सम्पन्न अधिवेसनले सर्वसम्मत रुपबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा गणेश गुरुङ, सचिव युवन गुरुङ, उपसचिवहरुमा शिव शर्मा र दुर्गा बानियाँ, आर्थिक विभाग प्रमुखमा दिपक खड्का तथा सदस्यहरुमा विष्णु थापा, सरोज केसी, राम राम्जाली, ओम थापा, नविन राई, संजिव गौतम, राजेश गुरुङ र हेम थापा रहेका छन् । एक महिला सदस्य पछि थप गर्ने बताइएको छ ।
यसैगरी, सल्लाहकारहरुमा रामचन्द्र गुरुङ सुर्जे, लीलामान शेरपुञ्जा, कल्पना आङबुहाङ, पुरन गिरी, यज्ञ क्षेत्री, यम भण्डारी, दुर्गालक्ष्मी गुरुङ, देवीजंग गुरुङ, पूर्णबहादुर गुरुङ र रामकुमार गुरुङ चयन भएका छन् ।
अधिवेसमा रामचन्द्र गुरुङ सुर्जेले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भक्त गुरुङ रहेका थिए । कमिटीका पूर्व अध्यक्ष लीलामान शेरपुञ्जाको अध्यक्षता र युवन गुरुङले संचालन गरेको सो अधिवेसनमा भक्त गुरुङको संयोजकत्वमा अध्यक्ष मण्डल बनाइएको थियो जसमा सुरेन्द्र थपलिया, सरस्वती केसी, तुङ्गभद्र भूषाल र बालकृष्ण भूषाल सदस्य रहेका थिए ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम