
लण्डन । नेपाली युथ असोसिएसनको आयोजनामा यही ३ सेप्टेम्बर शनिवारका दिन ग्रीनवीच फेस्टिवल हुने भएको छ ।
उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको क्रिकेट तथा फुटबल मैदानमा सञ्चालन हुने फेस्टिबलमा १० औं ग्रीनवीच कप प्रमुख आकर्षक हुने आयोजकको दाबी छ।
प्रतियोगितामा १२ देखि १६ फुटबल टोलीको सहभागिता रहने छ । प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित नगद प्राप्त गर्नेछ ।
फेस्टिबलमा मुख्य आकर्षकको रुपमा नेपालका राष्ट्रिय लोक दोहोरी कलाकारको बेजोड प्रस्तुति, लाइभ म्यूजिक, विभिन्न किसिमका बाजा, खानाका स्टल, बालबालिकाका खेलजस्ता आकर्षणहरु समेत थपेर महोत्सवका रुपमा आयोजना गरिँदै छ ।
संस्थापक सभापति हयारी गुरुङले बेलायतमा ग्रीनवीच कपको छुटै पहिचान भएकाले सौहार्द्धपूर्ण तरिकाले प्रतियोगिता सम्पन्न गर्न सम्पूर्णमा अपिल गरेका छन् । स्थानीय विभिन्न सस्थाहरुको समेत सहयोगमा हुने फेस्टिवल निकै रमाइलो हुने आयोजकले बताएको छ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा