
लण्डन । नेपाली युथ असोसिएसनको आयोजनामा यही ३ सेप्टेम्बर शनिवारका दिन ग्रीनवीच फेस्टिवल हुने भएको छ ।
उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको क्रिकेट तथा फुटबल मैदानमा सञ्चालन हुने फेस्टिबलमा १० औं ग्रीनवीच कप प्रमुख आकर्षक हुने आयोजकको दाबी छ।
प्रतियोगितामा १२ देखि १६ फुटबल टोलीको सहभागिता रहने छ । प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित नगद प्राप्त गर्नेछ ।
फेस्टिबलमा मुख्य आकर्षकको रुपमा नेपालका राष्ट्रिय लोक दोहोरी कलाकारको बेजोड प्रस्तुति, लाइभ म्यूजिक, विभिन्न किसिमका बाजा, खानाका स्टल, बालबालिकाका खेलजस्ता आकर्षणहरु समेत थपेर महोत्सवका रुपमा आयोजना गरिँदै छ ।
संस्थापक सभापति हयारी गुरुङले बेलायतमा ग्रीनवीच कपको छुटै पहिचान भएकाले सौहार्द्धपूर्ण तरिकाले प्रतियोगिता सम्पन्न गर्न सम्पूर्णमा अपिल गरेका छन् । स्थानीय विभिन्न सस्थाहरुको समेत सहयोगमा हुने फेस्टिवल निकै रमाइलो हुने आयोजकले बताएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक