
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले बुद्धका चार मुख्य तीथि मध्येको एक धर्म चक्र (छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी) को अवसरमा विशेष पूजा आयोजना गरेको छ ।
सोमबार १ अगष्टका दिन विविध कार्यक्रमका साथ बिसीसी युकेको अल्डररसटस्थित गुम्बामा आयोजना गरिएको हो ।
काठमाण्डौं, बौद्धस्थित सेचन गुम्बाका वरिष्ठ खेन् रिन्पोछे घ्युर्मी छुल्टिमको प्रमुख आतिथ्यमा सम्पन्न पूजामा बिसीसी युकेका खेन्पो केल्जङ्ग, लोपेन नोर्बु, धरान गुम्बाका लोपेन नरेश गुरुङलगायत धर्म गुरुहरुले पूजापाठ गरेका थिए । त्यस्तै, उक्त पूजालाई बिसीसी युकेका सल्लाहकार जंगबहादुर गुरुङ, सानु लामालगायत बिसीसी युकेका आमाहरुले सहयोग गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि खेन् रिन्पोछे छुल्टिम गुरुले बुद्धको चार आर्य सत्य (फोर नोवल ट्रुद), धर्म चक्र प्रवर्धन बारे प्रवचन दिएका थिए । त्यस्तै, छुल्टिम गुरुलगायतका धर्मगुरुहरुले धनचक्र (छोक) पूजा, दीप प्रज्वलन (मर्मे) पाठ, आयु वृद्धि हुने सिद्धि, प्राणिधान (मलम) पाठलगायतका पूजाहरु गरेका थिए ।
कार्यक्रममा बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले प्रमुख अतिथि छुल्टिम गुरुको जीवनीलाई संक्षिप्त रुपमा जानकारी गराउँदै उपस्थितिका लागि प्रमुख गुरुलगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा पदाधिकारी एवं सदस्य, विबिसी युकेका पदाधिकारी, लामा गुरुहरु, भोजनदातालगायत उपस्थित भक्तजनहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै, उनले विभिन्न संघसंस्था, सहयोगदाता, सिंगो कार्यसमिति, भक्तजनहरुलगायतको साथ र सहयोगले बिसीसी युकेले विभिन्न धार्मिक एवं च्यारिटीमूलक कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गर्न सकिएको बताउँदै पुनः सबैप्रति धन्यवाद दिए ।
त्यस्तै, शेर्पा एशोसिएशन युकेका अध्यक्ष समेत रहेका बिसीसी युकेका उपाध्यक्ष एवं उक्त दुचेन कार्यक्रम संयोजक आङ्गदावा शेर्पाले नेपालबाट आएका खेन् रिन्पोछे छुल्टिमलगायत अतिथि गुरुहरु, विभिन्न संघसंस्थाका अध्यक्ष एवं पदाधिकारी, भोजनदाता लगायत उपस्थित सबैलाई स्वागत गरेका थिए । साथै, उनले भोजन दान, चियापानी, खाजा, बत्ती, गुरु दक्षिणालगायतको दान गर्नुहुने सबै भक्तजनहरुप्रति धन्यवाद ज्ञापन गरे ।
दीप प्रज्ज्वलन र धर्म चक्र (छ्योखोर) नृत्य समेत गरिएको पूजामा तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङ, शेर्पा एशोसिएशन युकेका महासचिव रेन्जी शेर्पा, ह्याल्मो समाज युकेका महासचिव दोर्जे डन्डुल, थाउजन्ड बुद्ध रेडिङ्गका अध्यक्ष मेजर समुन्द्र गुरुङ, मनेपा रेडिङ्गकी दिलु गुरुङ, बिसीसी लण्डन ब्रान्च आमा अध्यक्ष दिलमाया गुरुङलगायत कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिसीसी युकेको नयाँ ट्रष्टी बनेका सदस्य, यसभन्दा अघिल्लो दुचेन कार्यक्रममा भोजन दानलगायतमा सहयोग गरेका सहयोगदाताहरुलाई प्रसंशा प्रदान गरिएको थियो ।
प्रत्येक वर्ष छ्योखोर दुचेनको अवसरमा बेलायतस्थित बौद्ध धर्मवालम्वीहरुको बाक्लो उपस्थितिमा विशेष पूजापाठ गर्दै आएकोमा कोभिड–१९ का कारण गत दुई वर्ष भएको थिएन । कोभिड–१९ पश्चात पहिलोपटक आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा बिसीसी युकेका संस्थापक अध्यक्ष ले. काजी शेर्पा, पूर्व अध्यक्ष ले. नारायणप्रसाद गुरुङ बिइएम, निवर्तमान अध्यक्ष नरेश गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, उपाध्यक्ष हर्क गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, निवर्तमान आमा अध्यक्ष पुष्पा गुरुङलगायत बिसीसी युकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष आङ्गदावा शेर्पाले स्वागत मन्तब्य राखेका थिए भने महासचिव क्याप्टेन देव घलेले औपचारिक कार्यक्रम संचालन गरेका थिए ।
स्मरण रहोस्, बेलायतमा आफ्नो भाषा, कला, संस्कार र संस्कृति संरक्षण तथा सम्वर्धन गर्ने, च्यारिटीमूलक कार्यहरु गर्ने, बौद्ध शिक्षा प्रवर्धान गर्नेलगायतका उद्देश्यका साथ स्थापना भएको बिसीसी युकेले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।



मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक