
लण्डन । गुरुङ सोसाइटी केन्ट यूकेले आफ्नो १५ औं वार्षिक ग्रीष्मकालीन भेटघाट तथा समर बीबीक्यू कार्यक्रम गरेको छ ।
गत २४ जुलाई आइतबार समाजका अध्यक्ष क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङको अध्यक्षतामा केन्टको गोडमर्साम एण्ड क्रन्डनडेल भिलेजमा भएको हो ।
कार्यक्रममा विशेष अतिथिको रूपमा तमु धिं यूकेका अध्यक्ष हितकाजी गुरुङ, तमु प्ये ल्हु संघ यूकेका सल्लाहकार ओम गुरुङ साथै तमु फोरम यूकेका निर्देशक क्याप्टेन रिटायर्ड राजु गुरुङ उपस्थित थिए ।
माहामारीको कारण दुई वर्ष स्थगित भए पनि यो वर्ष भने विगत वर्षहरुमा जस्तै विभिन्न खेलकुद तथा नाचगान समावेश गरिएको थियो । उक्त कार्यक्रम सहज हुने गरी कार्यसमितिका सदस्यहरुलाई जिम्मेवारी बांडफांड गरिएको थियो । जस अनुसार टिकट बिक्रीमा कोषाध्यक्ष भीष्मराज गुरुङ, खाना तथा बीबीक्यू ब्यवस्थापनमा शेर गुरुङ, खेलकुद तथा छेलो प्रतियोगितामा मान गुरुङ, राफल ड्रमा लेडिज कोअर्डिनेटर तारादेवी गुरुङलगायत कार्यसमिति साथै आशफोर्ड निवासीहरु बिहानैदेखि खटिएका थिए ।
केन्टबासी गुरुङहरुले हरेक वर्ष छेलो हान्ने प्रतियोगिता आयोजना गर्दै आएका छन् । यस वर्षको छेलो हान्ने प्रतियोगितामा आशफोर्ड निवासी चेत गुरुङले भेट्रान समूहमा उपाधि जिते । दर्जनौं प्रतियोगीलाई उछिन्दै प्रथम उपाधि जित्ने दुवै समूहका विजेतालाई अध्यक्ष गुरुङले फेटा र अबिर लगाई पुरस्कारसहित बधाई दिए । विजेता दुवैलाई गुरुङहरुको प्रचलनअनुसार छेलो हान्ने स्थानबाट युवाहरुले काँधमा बोकेर कार्यक्रमस्थल परिक्रमा गरेका थिए ।
उक्त कार्यक्रम थप रोचक बनाउन नेपालबाट युकेमा आउनु भएका राष्ट्रिय कलाकार राजन कार्की र विमला श्रीशले उत्कृष्ट गीतहरु गाएर सबैलाई नचाए । औपचारिक कार्यक्रममा नयाँ आजिवन सदस्यहरुलाई खादा लगाई स्वागत गरिएको थियो ।
औपचारिक कार्ययक्रमको अन्तमा उपस्थित सबैलाई संस्थाका अध्यक्ष क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङले धन्यवाद दिए ।
प्रथम पुरस्कार आधा तोला सुन र अन्य आकर्षक पुरुस्कारहरु रहेको ‘राफल ड्र’ ले पनि कार्यक्रममा रौनकता थप्यो । राफल ‘ड्र’ को प्रथम पुरस्कार गोर्खा मोर्गेजले प्रायोजन गरेको थियो भने अन्य पुरस्कारहरू विभिन्न ब्यक्तिले प्रायोजन गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन महासचिव तोरण गुरुङले गरेका थिए भने स्वागत मन्तब्य प्रथम उपाध्यक्ष गोलमान गुरुङले गरेका थिए ।
सांस्कृतिक कार्यक्रममा युवा नानीहरुको मनमोहक नृत्यले उपस्थित सबैको मन जितेको थियो । उक्त ग्रीष्मकालीन भेटघाट तथा समर बीबीक्यू कार्यक्रमको अन्तमा वृद्ध बाबाआमादेखि सबै सहभागीले नाचेर भरपूर मनोरन्जन लिए ।

बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ