
लण्डन । सत्तारुढ कन्जरभेटिभ पार्टीको नयाँ नेताका लागि पार्टीका सांसदहरुबीच भइरहेको मतदानमा तेस्रो चरणमा पनि पूर्व अर्थ मन्त्री ऋषि सुनकले अग्र स्थान कायम राखेका छन् ।
सोमबार सम्पन्न मतदानमा उनले पहिलेको प्राप्त सांसदहरुको समर्थन बढाउँदै ११५ मत पाएका छन् भने उनलाई पेन्नी मोर्डन्टले पछ्याइरहेकी छिन् । तर उनले दोस्रो चरणमा पाएको सांसदको समर्थन गुमाएकी छिन् । उनले सोमबार ८२ मत मात्र पाइन् जबकि दोस्रो चरणमा उनले ८३ मत पाएकी थिइन् ।
विदेश मन्त्री लिज ट्रसले मत बढाएकी छिन् र ऋषि सुनकसँग अन्तिम दुईमा पर्न सक्ने सम्भावनालाई बलियो बनाउँदै लगेकी छिन् । उनले सोमबार ७१ मत पाइन् यसअघि दोस्रो चरणको निर्वाचनमा उनले ६४ मत मात्र पाएकी छिन् ।
उता चौथो बढी पाएकी केमी बाडेनोकले पनि मत बढाउँदै ५८ मत पुर्याएकी छिन् । उनले यसअघिको मतदानमा ४९ मत पाएकी थिइन् ।
बोरिस जोन्सनको मन्त्रिपरिषदमा नरहेका एक मात्र उम्मेदवार टोम टुगनढाट भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनले सोमबार ३१ मत मात्र पाए ।
अब मंगलबार र बुधबार हुने चुनावले दुई जना कम मत ल्याउने उम्मेदवारलाई प्रतिस्पर्धाबाट विदा गर्नेछ भने बढी मत ल्याउने दुई जना आकांक्षीलाई पार्टीका सदस्यसामू मतका लागि उभ्याउने छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ