
लण्डन । मानिसलाई सफल हुन, खुसी बनाउन, सम्पति आर्जन गर्न,पारस्परिक सम्बन्ध बलियो बनाउन, नेतृत्व विकास गर्न बारेमा विभिन्न क्षेत्रमा सफलता हासिल गरिसकेका व्यक्तित्वहरुबाट आफ्नो अनुभव सुनाउने कार्यक्रमको आयोजना गरिएको छ।
अल्डरसट इम्पावरमेन्ट, पेपरवर्क्स सोल्युसन्स र बाइबीसी क्लिनिङको सहयोगमा माउस एण्ड टेल डिजिटल सर्भिसेजले आयोजना गरेको सो कार्यक्रममा
वाइबिसी क्लिनिङ्ग कम्पनीका म्यानेजिङ डाइरेक्टर तथा सफल ब्यावसायी योगेन छेत्री, ब्रिटिश आर्मीका लेफ्टिनेण्ट कर्नेल टोल खाम्चा, ए-स्टार फाइनान्सियल सोल्युसन्स युकेका म्यानेजिंग डाइरेक्टर मिन दर्लामी, पेपर वर्क्स सोलुसन्स लिमिटेडका डाइरेक्टर श्याम श्रेष्ठ र माउस टेल डिजिटल सर्भिसेजका मन गुरुङ हुनुहुन्छ। त्यसैगरी नेटवर्किंग सेसनमा सफल ब्याबसायी सूर्य गुरुङ, एबी गुरुङ, करन भट्टचन, जित मेन्याङग्बो आदिलाई भेट्न सकिने छ।
कार्यक्रम शनिबार ३० जुलाईका दिन बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म भिलेज होटेल फार्नबोरोमा हुँदैछ । कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसक्नेहरुको लागि जूमबाट पनि सहभागी हुनसक्ने सुविधा छ।
कार्यक्रममा सहभागी हुन सिल्भर टिकटका लागि २५ पाउण्ड, गोल्ड टिकटका लागि ४५ पाउण्ड र डाइमण्ड टिकटका लािग ८५ तोकिएको छ।
सिल्भर टिकट काटेकाहरुले कार्यक्रममा उपस्थितिका साथै असिमित चिया, कफी र स्न्याक्स पाउने छन् भने गोल्ड टिकट लिएकाहरुले लन्च पनि पाउने छन् र डायमण्ड टिकट काटेकाहरुले वक्तारहरुसंग लन्च र पुरानो अन्लिश योर इन्नर सेल्फ इभेन्टको भिडियोहरु पनि हेर्न पाउने छन्।
कार्यक्रमबाट बचेको नाफाको केही प्रतिशत मानवसेवामा खर्चिने आयोजकले बताएका छन्।
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम