
लण्डन । सत्तारुढ कञ्जरभेटिभ पार्टीको नयाँ नेताका लागि बुधबार भएको पहिलो चरणको मतदानमा पूर्व अर्थ मन्त्री ऋषि सुनकले सबैभन्दा धेरै मत पाएका छन् ।
प्रतिस्पर्धामा रहेका आठ सांसदहरुमध्ये सुनकले सबैभन्दा बढी ८८ मत पाए । त्यसपछि पेन्नी मोर्डन्टले ६७ मत पाइन् भने विदेश मन्त्री लिज ट्रसले ५० मत पाइन् । यसैगरी, केमी ब्राडरचले ४०, टम टुगनढाटले ३७ र सुयला ब्रेभरम्यानले ३२ मत पाए । जेरेमी हन्टले १८, अर्थमन्त्री नदिम जाहावीले २५ मत मात्र पाए ।
कञ्जरभेटिभ पार्टीको ब्याकबेञ्चर कमिटी १९२२ का अध्यक्ष सर ग्राहम ब्रेडीले नतिजा सुनाउँदै हन्ट र जाहावीको चुनावी यात्रा सकिएको बताए । कमिटीले दोस्रो चरणमा जानका लागि ३० मत चाहिने नियम बनाएको थियो ।
विदेश मन्त्री, स्वास्थ्य मन्त्री र सँस्कृति मन्त्री समेत रहिसकेका यसअघि हन्ट बोरिस जोन्सनसित अन्तिम चरणसम्म नेतृत्वको दौडमा थिए । तर यसपटक पहिलो चरणबाट उनी बाहिरिएका छन् ।
त्यस्तै, वर्तमान अर्थ मन्त्री जाहावी पनि विगतमा शिक्षा मन्त्री र कोरोना खोप मन्त्री रहिसकेका छन् । आजै मात्र आफू कञ्जरभेटिभ पार्टीको नेता भएमा वर्तमान प्रधानमन्त्री बोरिस जोन्सनलाई मन्त्रिपरिषदमा जिम्मेवारी दिने भनेर अन्तरवार्ता दिएका जाहावी पनि पहिलो चरणबाटै विश्राम लिन बाध्य भएका छन् ।
अर्को चरणका लागि भोलि मतदान हुने छ ।
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम