
लण्डन । बेलायतले सेप्टेम्बर ५मा नयाँ प्रधानमन्त्री पाउने भएको छ ।
वर्तमान प्रधानमन्त्री बोरिस जोन्सनले पार्टीभित्रको अन्तरसंघर्षका कारण राजिनामा दिएपछि सत्तारुढ कञ्जरभेटिभ पार्टीभित्र नयाँ नेता चयन हुन समय लाग्ने भएकाले सेप्टेम्बर ५ मा मात्र नयाँ प्रधानमन्त्री चयन हुने भएको हो ।
बेलायतमा सत्तारुढ पार्टीका नेता नै प्रधानमन्त्री बन्ने नियम छ ।
कञ्जरभेटिभ पार्टीको नयाँ नेता चुन्नका लागि आज बसेको १९२२ कमिटीको बैठकले नयाँ नेता निर्वाचनका लागि तालिका सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार दलको नेता बन्न चाहनेहरुले उम्मेदवारी दिनुपर्नेछ । उम्मेदवारी दिन चाहने सांसदहरुले लागि कम्तीमा २० जना सांसदहरुको समर्थनसहित उम्मेदवारी दिनु पर्नेछ ।
यसरी उम्मेदवारी दिएका प्रत्याशीहरुको पहिलो चरणको मतदान बुधबार हुने छ ।
त्यसपछि दोस्रो चरणको मतदानमा भाग लिन चाहने प्रत्याशीहरुले ३० जना सांसदको समर्थनसहित पुन उम्मेदवारी दाखिला गर्नुपर्नेछ । ३० जनाको समर्थन नपाउनेहरु दौडबाट बाहिरिने छन् । यसरी अन्तिममा बाँकी रहेका दुई जना प्रत्याशीलाई कञ्जरभेटिभ पार्टीका सदस्यहरुले देशभरबाट मतदान गर्नेछन् । जसमध्ये बढी मत पाउने प्रधान मन्त्री बन्ने छन् ।
हालसम्म ११ जना सांसदहरुले प्रधानमन्त्री बन्नका लागि आकांक्षा देखाएका छन् ।
१९२२ कमिटीले यसपटक प्रत्याशीलाई ३ लाख पाउण्डसम्म खर्च गर्न अनुमति दिएको छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित