
लण्डन । बेलायतले सेप्टेम्बर ५मा नयाँ प्रधानमन्त्री पाउने भएको छ ।
वर्तमान प्रधानमन्त्री बोरिस जोन्सनले पार्टीभित्रको अन्तरसंघर्षका कारण राजिनामा दिएपछि सत्तारुढ कञ्जरभेटिभ पार्टीभित्र नयाँ नेता चयन हुन समय लाग्ने भएकाले सेप्टेम्बर ५ मा मात्र नयाँ प्रधानमन्त्री चयन हुने भएको हो ।
बेलायतमा सत्तारुढ पार्टीका नेता नै प्रधानमन्त्री बन्ने नियम छ ।
कञ्जरभेटिभ पार्टीको नयाँ नेता चुन्नका लागि आज बसेको १९२२ कमिटीको बैठकले नयाँ नेता निर्वाचनका लागि तालिका सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार दलको नेता बन्न चाहनेहरुले उम्मेदवारी दिनुपर्नेछ । उम्मेदवारी दिन चाहने सांसदहरुले लागि कम्तीमा २० जना सांसदहरुको समर्थनसहित उम्मेदवारी दिनु पर्नेछ ।
यसरी उम्मेदवारी दिएका प्रत्याशीहरुको पहिलो चरणको मतदान बुधबार हुने छ ।
त्यसपछि दोस्रो चरणको मतदानमा भाग लिन चाहने प्रत्याशीहरुले ३० जना सांसदको समर्थनसहित पुन उम्मेदवारी दाखिला गर्नुपर्नेछ । ३० जनाको समर्थन नपाउनेहरु दौडबाट बाहिरिने छन् । यसरी अन्तिममा बाँकी रहेका दुई जना प्रत्याशीलाई कञ्जरभेटिभ पार्टीका सदस्यहरुले देशभरबाट मतदान गर्नेछन् । जसमध्ये बढी मत पाउने प्रधान मन्त्री बन्ने छन् ।
हालसम्म ११ जना सांसदहरुले प्रधानमन्त्री बन्नका लागि आकांक्षा देखाएका छन् ।
१९२२ कमिटीले यसपटक प्रत्याशीलाई ३ लाख पाउण्डसम्म खर्च गर्न अनुमति दिएको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ