
लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज कञ्जरभेटिभ पार्टीको नेता तथा प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन् ।
पार्टीमा नयाँ नेता चयन नभएसम्मका लागि प्रधानमन्त्रीका रुपमा सेवा गर्ने उनले आज बेलायती प्रधानमन्त्रीको कार्यालय बाहिर सम्बोधन गर्दै बताएका हुन् । नयाँ नेता चयनका लागि अर्को सातादेखि प्रक्रिया शुरु हुने पनि उनले जानकारी दिए ।
उनले पदबाट राजिनामा दिनु परेकोमा दुखित भएको बताए । उनले बेलायतका विभिन्न भागलाई विकसित बनाइ अरुसरह बनाउनमा आफूले प्रयास गरेको भन्दै सो कार्यलाई जारी राख्नुपर्ने बताए । युरोपभरिमा बेलायत सम्बृद्ध छ भन्ने देखाउनु पर्ने धारणा पनि उनले व्यक्त गरे ।
राजनीतिमा कोही पनि अपरिहार्य नहुने भन्दै उनले पार्टीभित्रको प्रणालीले नयाँ नेता छान्नेमा विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री भएर धेरै ठाउँमा पुगेको, धेरै मानिसहरुलाई भेटेको उल्लेख गर्दै केही क्षणलाई अँध्यारो भए पनि बेलायतको भविष्य सुनौलो रहेको बताए ।
उनले आफ्नो प्रधानमन्त्रीकालमा सहयोग गरेकोमा निजामति कर्मचारी, सेना, प्रहरी, कञ्जरभेटिभ पार्टीका सदस्यहरु सबैलाई धन्यवाद दिए ।
सन् २०१९ मा ब्रेक्जिटको अजेण्डा लिएर चुनावमा होमिएका जोन्सनले प्रचण्ड बहुमत पाएका थिए तर आफ्नै पार्टीभित्र सन्तुलन मिलाउन नसक्दा करिब दुई वर्ष अघि नै पदबाट बाहिरिन बाध्य भएका छन् ।
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम