
लण्डन । आफ्नो मन्त्रिपरिषदका सदस्यहरुमध्ये केहीले राजिनामा दिने, केहीले राजिनामा माग्ने गरेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अन्तत राजिनामा दिने भएका छन् ।
उनले विहीबार बिहान सत्तारुढ कञ्जरभेटिभ पार्टीको नयाँ नेतृत्व चयन गर्ने १९२२ समितिका अध्यक्ष ग्राहम ब्रेडीलाई फोन गरी आफू पार्टीको नेताबाट राजिनामा दिने बताएको मिडियाहरुले उल्लेख गरेका छन् ।
विहीबार बिहानसम्ममा उनको मन्त्रिपरिषद्का करिब आधा दर्जन सदस्यहरु तथा करिब ६० जना विभिन्न राजकीय जिम्मेवारीमा रहेका सांसदहरुले राजिनामा दिएका थिए ।
मंगलबार मात्र नियुक्त अर्थ मन्त्रीले विहीबार बिहान एक पत्र लेख्दै जोन्सनलाई राजिनामा दिन आग्रह गरेका थिए भने सोही दिन नियुक्त शिक्षा मन्त्रीले पदबाट राजिनामा गरेकी थिइन् ।
सन् २०१९ मा सम्पन्न आमनिर्वाचनमा स्पष्ट बहुमत ल्याएका जोन्सन आफ्नै पार्टीभित्र सन्तुलन मिलाउन नसक्दा करिब दुई वर्ष अघि नै पदबाट बाहिरिन बाध्य भएका छन् ।
उनले पार्टीमा नयाँ नेता निर्वाचित नहुञ्जेल अन्तरिम प्रधानमन्त्री रहिरहने इच्छा जाहेर गरे पनि पार्टीभित्र उनीमाथि अहिल्यै सत्ता छोडीहाल्न दबाब बढेको छ । उता उनले अहिल्यै प्रधानमन्त्री पद छोडे कसले उत्तराधिकार लिने भन्ने संवैधानिक अस्पष्टता पनि देखिएको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा