
लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा नेपाल तथा बेलायत सरकारबीच सेप्टेम्बरको दोस्रो साता वार्ता शुरु हुने भएको छ ।
आज लण्डनस्थित नेपाली दुताबासमा गोरखा भूतपूर्व सैनिक संस्थाका प्रतिनिधिहरु तथा अनसनकारीहरुलाई बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले सो जानकारी दिनुभएको हो ।
आचार्यले बेलायतका तर्फबाट वार्ता टोलीका संयोजक रहेका भेट्रान मन्त्री लियो डोकोर्टीसित आफ्नो कुराकानी भएको र बेलायत सेप्टेम्बरको दोस्रो साता वार्ता शुरु गर्न तयार भएको बताएका थिए । उनले नेपालले चाँडोभन्दा चाँडो वार्ता शुरु गर्न आग्रह गरे पनि बेलायतमा अगष्ट महिनामा संसद बिदा हुने भएकाले सेप्टेम्बरमा मात्र वार्ता शुरु गर्न दुवै पक्ष सहमत भएको बताए ।
जुलाइभित्र दुवै वार्ता टोली बसेर वार्ताको खाका बनाउने पनि राजदुत आचार्यले जानकारी दिए भने गोरखा प्रतिनिधिहरुले सो खाका मस्यौदा र अन्तिम रुप दिनअघि आफूहरुलाई सहभागी गराउन माग गरेको बैठकमा सहभागी गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का कार्यबाहक सभापति धर्मबहादुर तामाङले बताए ।
राजदुत आचार्यले वार्ता जनवरी महिनासम्ममा सक्ने लक्ष्य राखिएको पनि जानकारी गराएका थिए ।
बैठकपछि वार्ता शुरु हुने कुराले कत्तिको उत्साहित हुनुहुन्छ भन्ने प्रश्नमा तामाङले भने, ‘आशावादी छु भरोसा गर्न सक्दिनँ ।’
बेलायतमा बोरिस जोन्सनको सरकार धरापमा पर्न लागेको र नेपालमा पनि केही महिनामै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेकाले राजनीतिक उतारचढावका कारण गोरखाहरुको समस्या कम प्राथमिकतामा पर्न सक्ने खतरा औँल्याए ।
आज दुताबासमा गोरखा सत्याग्रहका सत्याग्रहीहरु ज्ञानराज राई, धन गुरुङ र पुष्पा घले, बिजीडब्ल्युएसका अध्यक्ष टिकेन्द्रदल देवान, नेसाका अध्यक्ष केशबहादुर गुरुङ, वार्ता प्रतिनिधि जुध गुरुङ, लक्ष्मी घिसिङ, गेसोका धर्म तामाङ लगायत सहभागी थिए भने दुताबासका तर्फबाट राजदुत आचार्य, उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी रत्न गोदार सहभागी थिए ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता