
लण्डन । आफ्नै पार्टीको कारण बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सरकार संकटमा परेको छ ।
पार्टीभित्रैबाट अविश्वासको प्रस्ताव आएको एक महिना पनि नबित्दै उनको मन्त्रिमण्डलका दुई जना प्रभावशाली मन्त्रीहरुले आज राजिनामा दिएका छन् ।
सरकारका वरिष्ठ मन्त्रीहरु अर्थ मन्त्री ऋषि सुनक र स्वास्थ्य मन्त्री साजिद जाविदले राजिनामा दिएका छन् । उनीहरुसँगै पार्टीका अन्य जिम्मेवार व्यक्तिहरुको पनि राजिनामा आएको छ ।
कञ्जरभेटिभ पार्टीका उपाध्यक्ष बिम अफोलामी, उत्तरी आयरल्याण्ड सम्बन्धी मन्त्रीका संसदीय निजी सचिव सांसद जोनाथन गुलिस, स्वास्थ्य मन्त्रीका संसदीय निजी सचिव सकिब भट्टी, मोरक्कोका लागि व्यापार दुत डा एन्ड्रयू मोरिसन लगायतले राजिनामा दिएका छन् ।
मन्त्रिमण्डलका वरिष्ठ मन्त्रीहरुको राजिनामासँगै अब बोरिस जोन्सनको शासनकाल सकिएको विश्लेषण गर्न शुरु गरिएको छ ।
युरोपियन युनियनबाट बेलायतलाई निकाल्ने नारा दिएर जोन्सनले सन् २०१९ को निर्वाचनमा प्रचण्ड बहुमत पाएका थिए तर उनको सरकार जनताको समस्यालाई सम्बोधन गर्नुभन्दा पनि विभिन्न काण्डमा अल्झिएको आरोप लाग्ने गरेको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा