
लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले २०९औँ भानुजयन्ती तथा ९१ औँ ईश्वर जयन्ती वुलविच लण्डनस्थित डायमन्ड बुद्धिस्ट सेन्टरमा आइतबार सम्पन्न गरेको छ ।
च्याप्टरकी अध्यक्ष लक्ष्मी थापा राई (लारा)को अध्यक्षता र महासचिव मन्जु भण्डारीले सन्चालन गरेको सो कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ सन्चारकर्मी खगेन्द्र नेपाली, विशेष अतिथिमा रोयल बारो ग्रीनविचमा भर्खरै काउन्सिलर पदमा निर्वाचित जित रानाभाट थिए ।
प्रमुख अतिथि र विशेष अतिथिबाट द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । सहभागीहरु सबैले आदिकवि भानुभक्त आचार्य र बेलायती डायस्पोराका आदिकवि ईश्वरप्रसाद मानन्धरका फोटोहरुमा पुष्प अर्पण गरी श्रद्धासुमन चढाएका थिए ।
आदिकवि भानुभक्त आचार्यको जीवनी बारे संस्थाका निवर्तमान अध्यक्ष तथा अनेसासका केन्द्रीय सल्लाहकार सुमलुकमार गुरुङले प्रकाश पारेका थिए भने ईश्वर प्रसाद मानन्धरको बारेमा र सुप्रमा (सुन्दरप्रसाद मानन्धर) ईप्रमा (ईश्वरप्रसाद मानन्धर) साहित्यिक पुरस्कार बारे संस्थाका वरिष्ठ सल्लाहकार तथा पूर्व अध्यक्ष, डा. रुपक श्रेष्ठले प्रकाश पारेका थिए ।
कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि बीच बीचमा सहभागीहरुबाट कविता वाचन गरिएको थियो ।
वरिष्ठ नाट्यकर्मी सनमकुमार वैरागबाट ईश्वर मानन्धरको कृतिमा आधारित चलचित्र ‘कैदीको पत्र’बारेमा छोटो टिजर ट्रेलर पावरप्वाईन्टबाट प्रस्तुत गरिएको थियो ।
यस वर्षको अनेसास बेलायतबाट प्रदान गरिने सुप्रमा ईप्रमा साहित्यिक पुरस्कार माया गुरुङको कृति ‘जिन्दगी’ कविता सङ्ग्रहलाई प्रदान गरिएको छ ।
बेलायतका सर्जकहरुको कृतिहरुलाई सम्मान गर्दै आएको मानन्धर परिवारबाट प्रायोजित साहित्यिक पुरस्कारको राशी २५१ पाउण्ड तथा प्रशंसापत्रद्वारा सम्मानित गरिने यो पुरस्कारको दशौँ श्रृङ्खला हो ।
प्रमुख अतिथिको बाहुलीबाट माया गुरुङलाई पुरस्कार राशी तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।
माया गुरुङको कृतिबारे समीक्षात्मक टिप्पणी केन्द्रीय सल्लाहकार तथा संस्थाका निवर्तमान अध्यक्ष सुमलकुमार गुरुङले गरेका थिए ।
पुरस्कार विजेता माया गुरुङले पनि आफ्नो छोटो भनाइ व्यक्त गरेकी थिइन् । त्यसपछि क्रमिक रुपमा रचना वाचनको श्रृङ्ला बढ्दै गएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिले सारगर्भित मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा रचना वाचन गर्ने सर्जकहरुमा क्रमश डा. रविन्द्र गुरुङ, राज श्रेष्ठ, भोजराज बराल, सचिन गुरुङ, माया गुरुङ, डा. रुपक श्रेष्ठ, सुमलकुमार गुरुङ र लक्ष्मी थापा राई (लारा) थिए । अध्यक्षबाट सबैलाई धन्यवाद ज्ञापन गरी प्रथम चरणको कार्यक्रम समापन गरी मध्यान्तर गरिएको थियो ।
दोश्रो सत्रमा संस्थाको सातौँ कार्यकारी समितिको कार्यअवधि समाप्त भएकोले डा. रुपक श्रेष्ठ, सुमलकुमार गुरुङ र खगेन्द्र नेपालीको रोहबरमा राज श्रेष्ठको नेतृत्वमा कार्यकारी समितिमा सदस्यहरु थप्न मिल्ने गरी १२ सदस्यीय कार्यकारी समितिको चयन भएको छ । अध्यक्ष, राज श्रेष्ठ, उपाध्यक्ष माया गुरुङ, महासचिव मन्जु भण्डारी, सचिव राधा सापकोटा, कोषाध्यक्ष सचिन गुरुङ, सहकोषाध्यक्ष प्रतिमा केसी र सदस्यहरुमा क्रमश कुमार केसी, डा. रविन्द्र गुरुङ, मदन पौडेल, लय प्रसाई, रविन जोशी, सारादेवी गुरुङ र अर्चना गुरुङ निर्वाचित भएका छन् । अन्त्यमा वरिष्ठ सन्चारकर्मी, नेपाली साहित्य विकाश परिषद युकेका अध्यक्ष खगेन्द्र नेपालीद्वारा नवनिर्वाचित ८औँ कार्यकारी समितिलाई शपथ ग्रहण गरेका थिए । नवनिर्वाचित अध्यक्ष, राज श्रेष्ठको छोटो सम्बोधनपछि कार्यक्रम समापन गरिएको थियो ।


पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम