
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिमेकी चीनमा अध्ययनरत रही कोभिड–१९ को महामारीमा नेपाल फर्किएर अध्ययन छुटाउन बाध्य भएका २८१ नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु गरेको छ ।
मन्त्रालयले त्यसरी जान चाहने नेपाली विद्यार्थीहरूको फिर्ती सम्बन्धमा जारी गरेको सूचनामा जनवादी गणतन्त्र चीनका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थी कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्किआएका र बन्दाबन्दीका कारणले अध्ययन गर्न जान नपाएका विद्यार्थीमध्ये पहिलो चरणमा २८१ जना विद्यार्थीलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरिएको जनाएको हो । मन्त्रालयको वेभ साइटमा ती विद्यार्थीहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छ ।
सो सूचीमा रहेका विद्यार्थीले चीन फिर्तीका लागि तोकिएको मार्गदर्शनका आधारमा पुनः प्रवेशाज्ञा प्राप्तिका लागि अविलम्ब निवेदन दिन मन्त्रालयले आह्वान गरेको छ । मन्त्रालयबाट गठन गरिएको कार्यदलको सुझावका आधारमा नेपाल सरकारले अध्ययन निरन्तरता हुने गरी ती विद्यार्थीलाई चीन फर्काउन सहजीकरण गर्ने निर्णय भएको थियो ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित