
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आज साँझ नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले साँझ प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाउनुभएको पार्टी केन्द्रीय प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिनुभयो ।
सिफारिस भएका मन्त्रीहरूमा सहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरको नाम सिफारिस गरिएको छ । त्यसैगरी हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । स्वस्थ्य राज्यमन्त्री खापुङलाई मन्त्रीमा बढुवा गरेर उहाँको ठाउँमा केसीलाई ल्याइएको हो ।
पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गर्न सचिवालय बैठकले शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएपछि उच्च तहका नेताहरूबीच भएको छलफलबाट नयाँ नाम सिफारिस गरिएको हो । एकीकृत समाजवादीले रामकुमारी झाँक्री, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र प्रेम आलेलाई फिर्ता बोलाएको हो । पार्टीको पहिलेको सहमति बमोजिम नै ६ महिनाका लागि पठाइएको र समयावधि पूरा भएकाले उहाँहरूलाई फिर्ता
बोलाएको पार्टीले जनाएको छ ।
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान