
ललितपुर । लिम्बु जाति तथा भाषा र संस्कृतिको विषयमा कलम चलाएवापत विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कारबाट विजय लुङ्फुङ्वा तथा डा.मारोहाङ खेवाहाङ लिम्बु पुरस्कृत हुनुभएको छ ।
लिम्बुवान अध्ययन केन्द्रको आयोजनामा आज ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार वितरण समारोह’ मा लिम्बु वा लिम्बु जातिको विषयमा अध्ययन गरी पुस्तक तयार गर्ने दुई व्यक्तिलाई रु एक लाख नगदसहित पुरस्कृत गरिएको हो ।
खेवाहाङ्ले ‘डिलिङ्किङ, रिलिङ्किङ एण्ड लिङ्किङ राइटिङ एण्ड रेथोरिक’ नामक अङ्ग्रेजी पुस्तक लेख्नुभएको छ भने लुङफुङ्वाले लिम्बुवान आन्दोलन विकासक्रमः विगत र वर्तमान नामक नेपाली भाषामा पुस्तक तयार गर्नुभएको छ ।
उक्त पुरस्कार वितरण समारोहमा संस्थाका संस्थापक विष्णुदत्त आङ्बुहाङले सो जाति र उनीहरुको विषयमा खोज गरी पुस्तकमार्फत ज्ञान प्रवाह गर्न खोज्ने एकजनालाई हरेक दुई–दुई वर्षको अन्तरमा पुरस्कृत गरिँदै आएको बताउनुभयो । संस्थाले उक्त जाति र उनीहरुमा आधारित विषयमा अनुसन्धान गर्ने दुईजनालाई प्रत्येक वर्ष रु ७५ हजार देखि रु एक लाखसम्म ‘अनुसन्धान वृत्ति’ समेत प्रदान गर्ने गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सो पुस्तकले भोलिको मुलुक निर्माणमा निकै सहयोग पुग्ने जानकारी गराउँदै यसले सकारात्मक सन्देश समेत प्रवाह गर्न खोजेको चर्चा गर्नुभयो । कार्यक्रममा लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष अर्जुन नुगोले सो पुस्तक समाजका लागि लाभदायी रहेको बताउनुभयो । केन्द्रका उपाध्यक्ष भगिराज इङनामले पुस्तक मार्फत लिम्बु जाति र उनीहरुको भाषा, संस्कृति, धार्मिक, शैक्षिक तथा पर्यटनको विषयलाई उजागर गर्न खोजिएको छ भन्नुभयो । किराँत याकथुङ चुमलुङका अध्यक्ष प्रेम यक्तेनले सो पुस्तक भावी सन्ततिका लागि अतिनै उपयोगी रहेको बताउनुभयो ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ