
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरमा ‘जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन’ सम्पन्न भएको छ ।
विश्व कीर्तिमानी समाजको आयोजनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा (मे २९) आइतबार सगरमाथा आधार शिविरमा उक्त सम्मेलन सम्पन्न भएको हो ।
वर्तमान परिस्थितिमा जलवायु परिर्वतन र त्यसको असर न्यूनीकरणका सवालमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले अमेरिकी वातावरण वैज्ञानिकको सहभागितामा उक्त सम्मेलन सम्पन्न गरिएको विश्व कीर्तिमानी समाजका अध्यक्ष सञ्च राईले जानकारी दिनुभयो ।
सम्मेलनमा युनिभर्सिटी कोलोराडो अमेरिकाका वातावरण वैज्ञानिक जोन्ना लेम्बर्ट र कोलोराडो स्टेट युनिभर्सिटीका वैज्ञानिक जोयल बर्गरको सहभागिता रहेको थियो । उहाँहरुले विश्वमा जलवायु परिर्वतनको वर्तमान अवस्था, प्रभाव र न्यूनीकरण विषयमा प्रतिवेदन पेश गर्नुभएको थियो । वातावरण वैज्ञानिकको सहभागितामा सगरमाथा आधार शिविरमा जलवायु परिवर्तनको सवालमा विश्वको ध्यानाकर्षण गराउन सम्मेलन भएको संयोजक पूर्ण राईले जानकारी दिनुभयो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने