
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक शेयर निष्कासनमा आरक्षणको व्यवस्था गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा रोजगारीको सिलसिलामा मुलुकबाहिर रहेका नेपालीलाई यहाँ निष्कासन तथा बिक्री खुला हुने कम्पनीका प्राथमिक शेयरमा १० प्रतिशतको आरक्षणको व्यवस्था गरिने उल्लेख छ ।
अर्थमन्त्री शर्माले धितोपत्र बजारमा गैरआवासीय नेपालीहरुको लगानी खुला गर्ने कानून बनाइने बताउनुभएको छ । त्यस्तै धितोपत्र बजारको दोस्रो बजार संरचनालाई थप प्रतिस्पर्धी बनाइने र पूँजी बजारको विस्तार र विविधीकरण गरेर सम्भावित जोखिम न्यूनीकरण गरी आम लगानीकर्ताहरुको हकहित संरक्षण गरिने अर्थमन्त्री शर्माले बताउनुभएको छ ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह