
लण्डन । बेलायती सेनाको युद्ध विमान चलाउनका लागि अब गोरखा सैनिकहरुले पनि पाउने भएका छन् ।
बेलायती सेनाले गत फेब्रुअरीमा हेलीकोप्टर पाइलट बन्नका लागि वान्छनीय योग्यता घटाए पछि गोरखा सैनिकहरु पनि पाइलट बन्न पाउने भएका हुन् ।
लिम्बुको युद्ध विमान चलाउने सपना पूरा भएको हो
बेलायती सेना सबै सेवाका सेनाहरुले अब प्राइभेट दर्जाबाट पाइलट बन्नका लागि आवेदन दिन पाउने छन् । उनीहरुलाई लान्स कर्पोरलमा बढुवाका लागि सिफारिस गरिएको भने हुनुपर्नेछ ।
यसबाट गोरखा सैनिकहरु पनि उत्साहित बनेका छन् ।
हाल फष्ट एभिएसन ब्रिगेडका सिग्नलर माङसाहाङ लिम्बु यसका उदाहरण हुन् । बेलायती सेनाको फोर्सेज नेटवर्कका अनुसार गोरखा सैनिक लिम्बु बेलायती सेनाको युद्ध विमान चलाउने पहिलो गोरखा सैनिक बन्न चाहन्छन् ।
अपाचे हेलिकोप्टरमा अत्याधुनिक प्रविधिसहित हतियारहरु सुसज्जित हुन्छ । अपाचेले दुश्मनको ट्याङ्क, बख्तरबन्द सवारीसाधन पत्ता लगाउनका साथै ध्वस्त बनाउने गर्छ । इराक, अफगानिस्तानका पछिल्ला लडाइँहरुमा यसको व्यापक प्रयोग गरिएको छ ।
यसअघि कुनै नेपालीले अपाचे नउडाएको बताउँदै लिम्बुले भने, ”आफू सानो हुँदा पहाडमा हुर्किएको र हेलिकोप्टरहरु उडेको देखेर पाइलट बन्न रुचि लाग्थ्यो तर त्यस्तो बन्नका लागि धेरै पैसा र शिक्षा आवश्यक पर्ने भएकाले सम्भव छैन भन्ने लाग्थ्यो ।”
अपाचे उडाउनु उनले ठूलो सपना जस्तो मानेका छन् । ”यदि म त्यस्तो बन्न सकेँ भने मेरो परिवारको लागि मात्र देशको लागि पनि (शान) हुनेछ ।
आफ्नो लागि मात्र नभई सबैको लागि ठूलो सफलता हुने उनले बताए ।
अहिले फष्ट बटालियनमा ब्रिगेडमा अपाचे उडान गर्नुअघि सबै चीज ठीक छ कि छैन भन्ने उनको काम छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने