
काठमाडौं । ठूला पार्टीका उम्मेदवारहरुलाई हराउँदै काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र (बालेन) साह निर्वाचित भएका छन् ।
”लौरो” चिह्न लिएर निर्वाचनमा खडा भएका स्वतन्त्र उम्मेदवार बालेन साह विहीबार राति सम्पन्न मतगणनामा ६१ हजार ७६७ मतका साथ विजयी भएका छन् । काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेनका प्रतिस्पर्धी सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सिर्जना सिंहले ३८ हजार ३४१ मत र नेकपा (एमाले) का उम्मेदवार तथा पूर्व मेयर केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे ।
उपप्रमुखमा एमालेकी सुनिता डंगोल विजयी भएकी छिन् । डंगोल ६८ हजार ६१२ मत पाइन् भने उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी) उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०५ मत पाए ।
काठमाडौं महानगर प्रमुखमा नवनिर्वाचित साहको जन्म सन् १९९० मा भएको हो । विभिन्न गीत लेखन, गायन, निदेशन र र्याप गीतमार्फत् युवा पुस्तामा अधिक रुचाइएको साहको जीतले राष्ट्रिय राजनीतिमा नै तरंग पैदा गरेको छ ।
पुर्ख्यौली घर महोत्तरी जिल्लामा भएका साहकी आमाको नाम कुवदेवी साह र बुवाको नाम रामनारायण साह हो । साहले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नाकोत्तरको शिक्षा हासिल गरेका छन् ।
देशैभरका सक्षम नेता एवम् व्यक्तिसँग सहकार्य गर्दै काठमाडौं महानगरको मुहार फेर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
यस्तै उपप्रमुख डंगोलको कला, संस्कृति संरक्षण एवम् सम्बर्द्धनमा उहाँको छुट्टै पहिचान छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको केही समयअघि मात्रै उनी एमाले प्रवेश गरेर उपप्रमुखको उम्मेदवार बनेकी हुन् ।
सन् २०११ को मिस नेवा नामक सौन्दर्य प्रतियोगितामा उनी विजयी भएकी थिइन् । यसैगरी, नेपाल भाषाको रञ्जना लिपी प्रवर्द्धनमा पनि उनको योगदान रहेको छ । काठमाडौं महानगरको सम्पदा संरक्षण, पर्यावरणीय र पूर्वाधार विकासमा उनले प्रतिबद्धता व्यक्त गर्दै आएकी छिन् ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह