
काठमाडौँ । नेकपा (एकिकृत समाजवादी) ले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई यही जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
पार्टीका महासचिव डा बेदुराम भुसालले आज जारी गर्नुभएको विज्ञप्तिमा जनप्रतिनिधिलाई निर्धारित समयमा आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिँदै अनियमितता र भ्रष्टाचारमुक्त भई सरल जीवनशैली र असल आचरण अवलम्बन गर्न भनिएको छ ।
पार्टीको निर्णय र निर्देशनको पालना गर्न आग्रह गरिएको विज्ञप्तिमा जनताको हितलाई केन्द्रबिन्दुमा राखेर निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न सुझाइएको छ ।
विज्ञप्तिमा ऐन तथा कानुनको परिधिमा रहेर इमान्दारिता र कर्तव्यनिष्ठापूर्वक मुलुक र जनताको हितमा कार्यसम्पादन गर्न र निजी स्वार्थबाट टाढा रहन निर्देशन दिइएको छ ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर