
काठमाडौँ । नेपालमा स्थानीय तहका प्रतिनिधिहरु चयनका लागि निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै मतगणना सम्पन्न हुन सकेको छैन ।
निर्वाचन आयोगका अनुसार अझै १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।
कुल ७५३ स्थानिय तहहरुमध्ये हालसम्म ४६० गाउँपालिकाका र २७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको आयोगले जनाएको छ ।
मतगणना सम्पन्न हुन बाँकी स्थानीय निकायहरुमा काठमाडौँ, पोखरा र ललितपुर महानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको गढीमाई, गरुडा र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका र बाजुराको बूढीगंगा गाउँपालिका छन् ।
काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन, पोखरामा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)का टीकाराम खड्का मतगणनामा अगाडि छन् ।
निर्वाचन आयोगले मत गणनामा लगाएको समयलाई लिएर उसको आलोचना भइरहेको छ ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह