
टोकियो । एसियाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्क फर प्रोस्परिटी (आइपिइएफ) को छलफलको शुरुवात गरेका छन् ।
जापानको टोकियोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत एक दर्जन राष्ट्रका प्रतिनिधिहरुसित उनले सो अवधारणका बारेमा प्रारम्भिक छलफल गरेका छन् ।
विश्वबजारमा चीनको बढ्दो सुरक्षा दबदबालाई कम गराउन अमेरिकाको पहलमा इण्डो प्यासिफिक रणनीतिको अवधारणा आएको हो । बाइडेनको यो कदमसँगै अब चीनलाई सामरिक क्षेत्रमा मात्र होइन व्यापारिक क्षेत्रमा पनि इण्डो प्यासिफिक रणनीतिले घेर्ने योजना खुलासा भएको छ । यस क्षेत्रले विश्वको कूल ग्राहर्स्थ उत्पादनको ४० प्रतिशत ओगट्दछ ।
राष्ट्रपति बाइडेनले इन्डो-प्यासिफिकको लागि स्वतन्त्र, खुला, सुरक्षित र साथै लचिलो आर्थिक दृष्टिकोण आवश्यक रहेको बताए । त्यसका लागि दिगो आर्थिक वृद्धि र समावेशिता अपरिहार्य रहेको पनि उनले उल्लेख गरे । “हामी २१ औं शताब्दीको अर्थतन्त्रका लागि नयाँ नियमहरू लेखिरहेका छौं। हामी हाम्रा सबै देशको अर्थतन्त्र द्रूत र निष्पक्ष बनाउन गइरहेका छौँ”, उनले भने ।
आईपीईएफले संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई अमेरिकी कामदारहरू, साना व्यवसायहरू र पशुपालकहरूले इन्डो-प्यासिफिक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने अवसरको सुनिश्चितता गर्नेछ।
जापानको टोकियोमा राष्ट्रपति बाइडेनले अष्ट्रेलिया, ब्रुनाई, भारत, इन्डोनेसिया, जापान, कोरिया गणतन्त्र, मलेसिया, न्युजिल्याण्ड, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनामका प्रतिनिधिहरुसँग छलफल गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस पहलका लागि बाइडेनलाई बधाइ दिएका थिए । “भारतले समावेशी र लचिलो इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्कको लागि काम गर्ने र यसका लागि विश्वास, पारदर्शिता र समयवद्धता प्रमुख सवाल हो,” मोदीले भने यो ।
जापानका प्रधानमन्त्री किसिदा फुमिको र मोदीबाहेकका अन्य राष्ट्रका प्रतिनिधिहरुको भने भर्चुअल उपस्थिति रहेको थियो ।
चीनसित गहिरो व्यापारिक साझेदारी भएका यी मुलुकहरु सहभागी यस पहलको चीनले कसरी प्रतिक्रिया दिने हो त्यो भने हेर्ने बाँकी नै छ ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती