
काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजमा आज बिहान १०.४५ बजे चरा ठोक्किएको आशङ्का गरिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रवेश अधिकारीले अहिले सो जहाज उक्त विमानस्थलमा ग्राउण्डेड गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ”जहाज सकुशल अवतरण भएको छ, जहाजमा ‘बर्ड स्ट्राइक’ भएको छ, जहाजमा केही रगतका छिटा जस्ता पनि देखिएका छन्, चरा भेटिएन, कतै चरा इञ्जिनमा छिरेको आशङ्काले प्राविधिक टोली आएर जाँच गरेपछि जहाज उडाइनेछ ।”
यस विषयमा अहिले अनुसन्धान भइरहेको बताइएको छ । उक्त जहाजमार्फत कुवेत हुँदै विभिन्न मुलुक जान विमानस्थल पुगेका यात्रुलाई जहाज कम्पनीले होटलमा राखेको बताइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उक्त जहाजमार्फत भैरहवा–कुवेत जाने यात्रुको सङ्ख्या ३८ छ । उक्त कम्पनीले यही जेठ २ गतेदेखि उक्त विमानस्थलबाट नियमित उडान सुरु गरेको हो ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ