
काठमाडौँ । काठमाडौँ महानगरपालिको मेयर पदका स्वतन्त्र प्रत्याशी बालेन्द्र (बालेन) साहको अग्रता एक सातादेखि कायमै छ ।
महानगरपालिकामा खसेको कूल एक लाख ९१ हजार १८६ मतमध्ये ९० हजार ४४७ मत गनिसक्दा साहले ३३ हजार २५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशव स्थापितभन्दा बालेन १५ हजार १९२ मतले अगाडी छन् । स्थापितले १८ हजार ६३ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ९६३ मत प्राप्त गरेको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए ।
उपप्रमुखमा भने एमालेका उम्मेदवार सुनिता डङ्गोेलले ३३ हजार २०१ मत प्राप्त गर्दा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ४६७ मत प्राप्त गरेका छन् ।
प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा कामपाको मत गणना कार्य जारी छ । हालसम्ममा वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३०, र ३२ को मत परिणाम सार्वजनिक भइसकेकोे छ भने वडा नम्बर ७, ९, १०, २३, २४, २५, २६, र ३१ को मत गणना भइरहेको छ ।
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो