
काठमाडौँ । काठमाडौँ महानगरपालिको मेयर पदका स्वतन्त्र प्रत्याशी बालेन्द्र (बालेन) साहको अग्रता एक सातादेखि कायमै छ ।
महानगरपालिकामा खसेको कूल एक लाख ९१ हजार १८६ मतमध्ये ९० हजार ४४७ मत गनिसक्दा साहले ३३ हजार २५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशव स्थापितभन्दा बालेन १५ हजार १९२ मतले अगाडी छन् । स्थापितले १८ हजार ६३ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ९६३ मत प्राप्त गरेको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए ।
उपप्रमुखमा भने एमालेका उम्मेदवार सुनिता डङ्गोेलले ३३ हजार २०१ मत प्राप्त गर्दा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ४६७ मत प्राप्त गरेका छन् ।
प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा कामपाको मत गणना कार्य जारी छ । हालसम्ममा वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३०, र ३२ को मत परिणाम सार्वजनिक भइसकेकोे छ भने वडा नम्बर ७, ९, १०, २३, २४, २५, २६, र ३१ को मत गणना भइरहेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार