
लन्डन । लन्डन बरो अफ हन्स्लोका ५६ औं मेयर विष्णु गुरुङले बेलायतस्थित नेपाली सञ्चारकर्मीहरुलाई सम्मान गरेका छन् ।
शुक्रबार सांझ हन्स्लो हाउसमा आयोजित एक समारोहबीच मेयर गुरुङले आफ्नो कार्यकाल सफल बनाउन योगदान गरेको भन्दै पत्रकारहरु नवीन पोखरेल, शिव भण्डारी, नरेन्द्र बस्नेत, एभरेष्ट गौतम, बाचस्पति रेग्मी र मिलन शर्मालाई प्रमाणपत्रसहित सम्मान गरे ।
अन्य पत्रकारहरु नरेश खपांगीमगर, ध्रुवराज अर्याल, चिरन शर्मा, दिनेश परियार र विमला सेने भने सम्मान ग्रहण कार्यक्रममा सहभागी हुन सकेनन् ।
‘तपाईंहरुले मेरो कार्यकालमा धेरै सहयोग गर्नुभयो । सायद मिडियाको सहयोग बिना म र मेरो कामबारे कसैलाई थाहा हुने थिएनु, एक दशक बढी समय बेलायतको स्थानीय राजनीतिमा होमिएका भूतपूर्व गोर्खा गुरुङले भने’, ‘म अब काउन्सिरमात्र रहे भने नेपाली र बेलायती समुदायका लागि निरन्तर लागिरहनेछु ।’
मेयर गुरुङले कोभिड महामारीले गर्दा कतिपय योजना सफल हुन नपाएपनि केही महत्वपूर्ण कार्य भने गर्न भएको सुनाए । ‘लन्डनका ३२ बरोमध्ये हामी वेष्ट बरो अफ दि इयर हुन सफल भयौं । यसमा सबै कर्मचारी र काउन्सिलरहरुको साथ छु’, उनले भने ।
गुरुङसंग सञ्चारकर्मीहरुले विभिन्न विषयमा अन्तरक्रिया र उनको अनुभव समेत सुने ।
लेबर पार्टी आवद्ध गुरुङको मेयर कार्यकाल यही ३१ मेमा सकिंदैछ । तर उनी गत मे ५ मा सम्पन्न निर्वाचनमा तेस्रो पटक पुनः काउन्सिलर निर्वाचित भएका छन् ।
गुरुङ सन् २०१४ मा हन्स्लोकै हानवर्थ पार्क क्षेत्रबाट पहिलोपटक काउन्सिलर निर्वाचित भएका थिए ।
सन् २०१४ देखि २०१५ मा डेपुटी मेयर समेत बनेका गुरुङ सन् २०१८ मा पुनः काउन्सिलर निर्वाचित भए । दुई पटक काउन्सिलर, एकपटक डेपुटी मेयर र हाल मेयरको जिम्मेवारी सम्हाल्दै आएका गुरुङ सन् २००५ देखि लन्डनमा बस चालकको रुपमा पनि कार्यरत छन् ।

तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]