
सुदूरपश्चिम । स्थानीय तहको निर्वाचनमा कैलालीका चार स्थानीय तहको प्रमुख र तीन उपप्रमुखमा विजयी भएर नागरिक उन्मुक्ति पार्टी हालसम्मको परिणामअनुसार सबैभन्दा ठूलो दल बनेको छ ।
सो पार्टीले कैलालीको जोशीपुर र जानकी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, टीकापुरको प्रमुख र भजनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ ।
जिल्लाको जानकी गाउँपालिकाको आधिकारिक नतिजा भने सार्वजनिक हुन बाँकी छ ।
टीकापुर घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा केही महिनाअघि मात्र गठन भएको नागरिक उन्मुक्ति पार्टीको विजयले अन्य दलका नेता कार्यर्ताका लागि अनुमान गरिएभन्दा फरक नतिजा आएको छ ।
यसअघिको स्थानीय तह निर्वाचनमा ठूला दलले पाएको मत, निकटतम प्रतिद्वन्द्वीको मतलगायत आधारमा गरिएको चुनावी परिणामको आङ्कलन गलत साबित भई परिणाम आफ्नो पक्षमा ल्याउन नागरिक उन्मुक्ति पार्टी सफल देखिएको हो । जिल्लामा १३ पालिका रहेका छन् ।
कैलालीमा आज साँझसम्म नौ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका प्रत्याशी लम्कीचुहा नगरपालिका र गोदावरी नगरपालिकाको प्रमुखमा र कैलारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् । सो पार्टीका प्रत्याशीले घोडाघोडी र गौरीगङ्गा नगरपालिको उपप्रमुख, मोहन्याल र चुरे गाउँपालिकाको उपाध्यक्षमा जितेका छन् ।
माओवादी केन्द्रका उम्मेदवारहरुले गौरीगङ्गा नगरपालिकाको प्रमुख र मोहन्याल गाउँपालिकाको अध्यक्ष र टीकापुर नगरपालिकाको उपप्रमुख र बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष जितेका छन् ।
एमालेले जिल्लाको चुरे गाउँपालिकाको अध्यक्ष, लम्कीचुहा र गोदावरी नगरपालिकाको उपप्रमुखमा जितेको छ ।
नेकपा (एकीकृत समाजवादी)ले घोडाघोडी नगरपालिकाको प्रमुख जितेको छ ।
विसं २०७४ को निर्वाचनमा जिल्लामा एमालेले सात पालिका, कांग्रेसले तीन, माओवादी केन्द्रले दुई र तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले एक पालिका प्रमुखमा विजय हात पारेको थियो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने