
एथेन्स । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार सिंहको शरीर र मानिसको टाउको भएको मेसेनियाको हस्ताक्षर रहेको उक्त औंठी बिहीबार स्टकहोममा आयोजित समारोहमा औपचारिक रूपमा फिर्ता गरिएको हो ।
सन् १९२७ मा इटालीको नियन्त्रणमा रहेको रोड्स टापुमा चिहानका लागि छुट्याइएको जमिनमा इटालीको ‘स्कूल अफ आर्कियोलोजी’ले उत्खनन गर्दा उक्त औंठी भेटिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार दोस्रो विश्वयुद्धको समय स्थानीय पुरातात्विक संग्रहालयमा राखिएका पुरातन कलाकृतिहरूबाट औंठी चोरिएको थियो ।
हंगेरीको नोबेल पुरस्कार विजेता भौतिकशास्त्री जर्ज भोन बेकेसीले संयुक्त राज्य अमेरिकामा किनेको बताइएको छ । सन् १९७२ मा उहाँको मृत्युपछि नोबेल फाउन्डेसनले उक्त औंठी संरक्षण गरेको थियो ।
यो औंठी भूमध्यसागरको स्टकहोम म्युजियम र नजिकैको पूर्वी पुरातन कलाकृतिहरूमा राखिँदै आएको थियो । सन् १९७५ मा संग्रहालयका तत्कालीन निर्देशक, पुरातत्वविद् तथा मसेनियाली युगका विशेषज्ञ कार्ल गुस्ताफ स्टाइरेनियसले यसको परिचय पुष्टि गर्नुभएको थियो । औठीलाई रिङ रोड्स पुरातात्विक संग्रहालयमा नै फर्काइने मन्त्रालयले जानकारी गराएको छ ।
मेसेनियाली युग ग्रीसको काँस्य युगको अन्तिम चरण थियो र यो लगभग १६०० देखि ईसापूर्व ११०० रहेको थियो ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते