
एथेन्स । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार सिंहको शरीर र मानिसको टाउको भएको मेसेनियाको हस्ताक्षर रहेको उक्त औंठी बिहीबार स्टकहोममा आयोजित समारोहमा औपचारिक रूपमा फिर्ता गरिएको हो ।
सन् १९२७ मा इटालीको नियन्त्रणमा रहेको रोड्स टापुमा चिहानका लागि छुट्याइएको जमिनमा इटालीको ‘स्कूल अफ आर्कियोलोजी’ले उत्खनन गर्दा उक्त औंठी भेटिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार दोस्रो विश्वयुद्धको समय स्थानीय पुरातात्विक संग्रहालयमा राखिएका पुरातन कलाकृतिहरूबाट औंठी चोरिएको थियो ।
हंगेरीको नोबेल पुरस्कार विजेता भौतिकशास्त्री जर्ज भोन बेकेसीले संयुक्त राज्य अमेरिकामा किनेको बताइएको छ । सन् १९७२ मा उहाँको मृत्युपछि नोबेल फाउन्डेसनले उक्त औंठी संरक्षण गरेको थियो ।
यो औंठी भूमध्यसागरको स्टकहोम म्युजियम र नजिकैको पूर्वी पुरातन कलाकृतिहरूमा राखिँदै आएको थियो । सन् १९७५ मा संग्रहालयका तत्कालीन निर्देशक, पुरातत्वविद् तथा मसेनियाली युगका विशेषज्ञ कार्ल गुस्ताफ स्टाइरेनियसले यसको परिचय पुष्टि गर्नुभएको थियो । औठीलाई रिङ रोड्स पुरातात्विक संग्रहालयमा नै फर्काइने मन्त्रालयले जानकारी गराएको छ ।
मेसेनियाली युग ग्रीसको काँस्य युगको अन्तिम चरण थियो र यो लगभग १६०० देखि ईसापूर्व ११०० रहेको थियो ।
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने