
लण्डन । यदि कसैले तपाईंलाई म एचएमआरसीबाट बोलेको भन्दै फोन वा इमेलबाट सम्पर्क गर्छ र तपाईंलाई तुरुन्त पैसा तिर्न भन्छ भने होस गर्नुहोस् त्यो व्यक्ति ठग हुनसक्छ ।
बेलायतमा दिनहुँ आइरहने त्यस्ता फोन वा इमेलमा तुरुन्तै पैसा स्थानान्तरण गर्न वा व्यक्तिगत जानकारी दिन हतार नगर्नुहोस् । त्यहाँ धेरै प्रकारका घोटालाहरू छन् । कसैले तपाईंलाई कर छली गरेको आरोप लगाउँदै तत्काल गिरफ्तार गर्ने धम्की दिन्छन् त कसैले कर छुट गरिदिने प्रस्ताव गर्छन् । त्यसैले त्यस्तो फोन वा इमेल आउँदैमा नआत्तिनुहोस् ।
बेलायतमा करका बारेमा लामो अनुभव सँगालेका पेपरवर्क्स सोल्युसन्सका चार्टर्ड अकाउण्टेण्ट श्याम श्रेष्ठ भन्छन्, ”एचएमआरसीले तपाईंलाई गिरफ्तारीको धम्की दिन फोन कहिल्यै गर्दैन, केवल अपराधीहरूले मात्र त्यस्तो काम गर्छन् ।”
अकस्मात त्यस्तो फोन आउँदा जो कोही आत्तिनु स्वाभाविक नै हो । तर त्यस्तो फोन वा इमेल आयो भने आफ्नो समय लिन र व्यक्तिगत विवरण दिन वा पैसा तिर्नअघि गोभ डट युके (gov.uk) मा गएर घोटालाहरूका बारेमा एचएमआरसीको सल्लाह अध्ययन गर्न श्रेष्ठ सुझाव दिन्छन् ।
”तपाईले एचएमआरसीलाई सीधै ०३०० २०० ३०० मा फोन गर्न पनि सक्नुहुन्छ”, उनले भने । यसका साथै नेशनल साइबर सेक्युरिटी सेन्टरमा कसरी अनलाइन सुरक्षित रहने र साइबर अपराधबाट आफूलाई र आफ्नो व्यवसायलाई कसरी सुरक्षित राख्ने बारे उपयोगी गाइड पनि रहेको श्रेष्ठ बताउँछन् । त्यो गाइड अध्ययनका लागि www.cyberwars.gov.uk मा जान सकिन्छ ।
यसैबीच बेलायतमा करिब १५ वर्षदेखि राष्ट्रव्यापी प्रभावकारी लेखा समाधान उपलब्ध गराएर व्यवसाय बढाउन र फस्टाउन मद्दत गरिरहेको पेपरवर्क्स सोल्युसन्सले सीमित कम्पनीहरूको लागि मासिक १२० पाउण्ड तथा भीएट र एकल व्यापारी वा साझेदारीको लागि ३० पाउण्ड तथा भीएटको प्याकेज पनि ल्याएको छ ।

पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?