
लण्डन । यदि कसैले तपाईंलाई म एचएमआरसीबाट बोलेको भन्दै फोन वा इमेलबाट सम्पर्क गर्छ र तपाईंलाई तुरुन्त पैसा तिर्न भन्छ भने होस गर्नुहोस् त्यो व्यक्ति ठग हुनसक्छ ।
बेलायतमा दिनहुँ आइरहने त्यस्ता फोन वा इमेलमा तुरुन्तै पैसा स्थानान्तरण गर्न वा व्यक्तिगत जानकारी दिन हतार नगर्नुहोस् । त्यहाँ धेरै प्रकारका घोटालाहरू छन् । कसैले तपाईंलाई कर छली गरेको आरोप लगाउँदै तत्काल गिरफ्तार गर्ने धम्की दिन्छन् त कसैले कर छुट गरिदिने प्रस्ताव गर्छन् । त्यसैले त्यस्तो फोन वा इमेल आउँदैमा नआत्तिनुहोस् ।
बेलायतमा करका बारेमा लामो अनुभव सँगालेका पेपरवर्क्स सोल्युसन्सका चार्टर्ड अकाउण्टेण्ट श्याम श्रेष्ठ भन्छन्, ”एचएमआरसीले तपाईंलाई गिरफ्तारीको धम्की दिन फोन कहिल्यै गर्दैन, केवल अपराधीहरूले मात्र त्यस्तो काम गर्छन् ।”
अकस्मात त्यस्तो फोन आउँदा जो कोही आत्तिनु स्वाभाविक नै हो । तर त्यस्तो फोन वा इमेल आयो भने आफ्नो समय लिन र व्यक्तिगत विवरण दिन वा पैसा तिर्नअघि गोभ डट युके (gov.uk) मा गएर घोटालाहरूका बारेमा एचएमआरसीको सल्लाह अध्ययन गर्न श्रेष्ठ सुझाव दिन्छन् ।
”तपाईले एचएमआरसीलाई सीधै ०३०० २०० ३०० मा फोन गर्न पनि सक्नुहुन्छ”, उनले भने । यसका साथै नेशनल साइबर सेक्युरिटी सेन्टरमा कसरी अनलाइन सुरक्षित रहने र साइबर अपराधबाट आफूलाई र आफ्नो व्यवसायलाई कसरी सुरक्षित राख्ने बारे उपयोगी गाइड पनि रहेको श्रेष्ठ बताउँछन् । त्यो गाइड अध्ययनका लागि www.cyberwars.gov.uk मा जान सकिन्छ ।
यसैबीच बेलायतमा करिब १५ वर्षदेखि राष्ट्रव्यापी प्रभावकारी लेखा समाधान उपलब्ध गराएर व्यवसाय बढाउन र फस्टाउन मद्दत गरिरहेको पेपरवर्क्स सोल्युसन्सले सीमित कम्पनीहरूको लागि मासिक १२० पाउण्ड तथा भीएट र एकल व्यापारी वा साझेदारीको लागि ३० पाउण्ड तथा भीएटको प्याकेज पनि ल्याएको छ ।

एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता