
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दलका उम्मेदवारहरु दुई तिहाई बढी पालिकामा विजयी भएका छन् । आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन् ।
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस १८३ पालिकामा विजयी भएको छ । निर्वाचन आयोगका अनुसार कांग्रेसले १०२ नगरपालिकाको प्रमुख र १८० गाउँपालिकाको अध्यक्ष जितेको छ । गठबन्धन आबद्ध नेकपा (माओवादी केन्द्र) २० नगरपालिका र ९२ गाउँपालिका गरी ११२ पालिकामा विजयी भएको छ ।
यस्तै, जनता समाजवादी पार्टी नेपाल २० र नेकपा (एकीकृत समाजवादी) १४ पालिकामा विजयी भएको छ । स्थानीय निर्वाचनमा गठबन्धन आवद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले छ महानगर, ११ उपमहानगरसहित केही पालिकामा गठबन्धन गरेका थिए । अधिकांश पालिकामा गठबन्धनका दलले मित्रवत प्रतिस्पर्धा गरेका थिए । गणना बाँकी रहेका पालिकामा पनि गठबन्धन आबद्ध दलले अग्रता लिइरहेका छन् ।
अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेकपा (एमाले) दोस्रोमा झरेको छ । एमालेले ६० नगरपालिका र ११५ गाउँपालिका गरी १७५ स्थानमा मात्र विजयी भएको छ । अघिल्लो निर्वाचनमा एमालेले २९४ पालिकामा जीत हासिल गरेको थियो । एमालेले राप्रपा, लोकतान्त्रिक समाजवादीलगायत विभिन्न पार्टीसँग गठबन्धन गरेको थियो ।
यसैगरी कांग्रेसले ७७ नगरपालिकाको उपप्रमुख र १८० गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमाले ७९ उपप्रमुख र ११७ उपाध्यक्ष, माओवादी केन्द्र २८ उपप्रमुख र ९१ उपाध्यक्ष, जनता समाजवादी पार्टी नेपाल १४ उपाध्यक्ष र एकीकृत समाजवादी आठ स्थानीय तहको उपप्रमुखमा विजयी भएको छ ।
कांग्रेसले सबैभन्दा बढी वडाध्यक्षमा जीत हासिल गरेको छ । हालसम्म कांग्रेस दुई हजार ३९२, एमाले एक हजार ९०७, माओवादी केन्द्र ९८९, जनता समाजवादी पार्टी २३८ र एकीकृत समाजवादी पार्टी १०० बढी वडामा विजयी भएका आयोगले जनाएको छ ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता