१६ पालिकामा महिला प्रमुख

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार पाँच नगरपालिका र ११ गाउँपालिकामा महिला प्रमुख चुनिएका छन् ।
निर्वाचन आयोगका अनुसार नगरप्रमुखमा नेपाली कांग्रेसबाट दुई जना र नेकपा (एमाले)बाट तीन महिला निर्वाचित भएका छन् ।
यस्तै, गाउँपालिका अध्यक्षमध्ये कांग्रेसबाट चार, एमालेबाट चार र नेकपा (माओवादी केन्द्र)बाट तीन जना महिला निर्वाचित भएका छन् ।
तर नगर उपप्रमुखमा भने १४० जना महिला निर्वाचित भएका छन् । जसमा कांग्रेसबाट ५६, एमालेबाट ६०, माओवादी केन्द्रबाट १०, नेकपा (एकीकृत समाजवादी)बाट पाँच र जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट तीन जना छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई/दुई जना, नेपाल मजदुर किसान र नागरिक उन्मुक्ति पार्टीबाट एक/एक जना उपप्रमुखमा निर्वाचित भएका छन् ।
यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा २८९ जना महिला निर्वाचित भएका छन् । जसमा कांग्रेसबाट १२६, एमालेबाट ९८, माओवादी केन्द्रबाट ४४, जसपाबाट ११, नेकपा (एकीकृत समाजवादी)बाट दुई, लोसपाबाट तीन, राप्रपाबाट दुई तथा नागरिक उन्मुक्ति, जनमत पार्टी र विवेकशील साझा पार्टीबाट एक/एक जना निर्वाचित भएका छन् ।
अहिलेसम्म ५७ जना महिला वडाध्यक्ष निर्वाचित भएको आयोगले जनाएको छ । अ

प्रतिक्रिया

सम्बन्धित सामाग्री