
काठमाडौँ । स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार पाँच नगरपालिका र ११ गाउँपालिकामा महिला प्रमुख चुनिएका छन् ।
निर्वाचन आयोगका अनुसार नगरप्रमुखमा नेपाली कांग्रेसबाट दुई जना र नेकपा (एमाले)बाट तीन महिला निर्वाचित भएका छन् ।
यस्तै, गाउँपालिका अध्यक्षमध्ये कांग्रेसबाट चार, एमालेबाट चार र नेकपा (माओवादी केन्द्र)बाट तीन जना महिला निर्वाचित भएका छन् ।
तर नगर उपप्रमुखमा भने १४० जना महिला निर्वाचित भएका छन् । जसमा कांग्रेसबाट ५६, एमालेबाट ६०, माओवादी केन्द्रबाट १०, नेकपा (एकीकृत समाजवादी)बाट पाँच र जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट तीन जना छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई/दुई जना, नेपाल मजदुर किसान र नागरिक उन्मुक्ति पार्टीबाट एक/एक जना उपप्रमुखमा निर्वाचित भएका छन् ।
यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा २८९ जना महिला निर्वाचित भएका छन् । जसमा कांग्रेसबाट १२६, एमालेबाट ९८, माओवादी केन्द्रबाट ४४, जसपाबाट ११, नेकपा (एकीकृत समाजवादी)बाट दुई, लोसपाबाट तीन, राप्रपाबाट दुई तथा नागरिक उन्मुक्ति, जनमत पार्टी र विवेकशील साझा पार्टीबाट एक/एक जना निर्वाचित भएका छन् ।
अहिलेसम्म ५७ जना महिला वडाध्यक्ष निर्वाचित भएको आयोगले जनाएको छ । अ
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]