
राजविराज । डाक्टर सिके राउत नेतृत्वको पार्टीले सप्तरीको बलान विहुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा जितेको छ ।
अध्यक्ष पदमा खेमचन्द्र यादवले दुई हजार ९९४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवीनकुमार झाले दुई हजार २४७ मत प्राप्त गर्नुभयो ।
यसैगरी, उपाध्यक्ष पदमा पनि जनमत पार्टीका रेणु यादव दुई हजार ६९० मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै आशदेवी मण्डलले दुई हजार ३०४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
यसबाहेक पनि तराईका विभिन्न स्थानिय निकायमा सिके राउतको पार्टीले अग्रता लिइरहेको छ ।
यसैगरी, कैलालीको जोशीपुरमा रेशम चौधरीकी श्रीमतीको अध्यक्षताको नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ ।
अध्यक्षमा चित्रबहादुर चौधरी विजयी हुनुभएको छ । चौधरीले ४ हजार ९०३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका वंशराम बडायकलाई पराजित गर्नुभएको हो ।
उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया ४ हजार ५८१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
यसबाहेक कैलालीका अन्य स्थानिय निकायमा पनि रेशम चौधरीको पार्टी अग्रस्थानमा छ ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह