
काठमाडौँ । लामो समयदेखि व्यवस्थापिका संसद्को बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) अब भने नियमित रूपमा सदन चल्न दिने अवस्थामा पुगेको छ । आजदेखि सुरु भएको सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा एमालेले कुनै अवरोध गरेन । एमालेले नौ महिनादेखि जारी राखेको संसद् अवरोध अबदेखि नगर्नेसमेत ठहर गरेको छ ।
बैठकको सुरुमै एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले देश नयाँ कोर्समा गएको र अर्थतन्त्रमा ठूलो सङ्कट उत्पन्न भएकाले संसद् अवरोध खोल्ने निर्णय भएको जानकारी गराउनुभयो । उहाँले आफ्नो पार्टीका असन्तुष्टिहरु कायम रहेको उल्लेख गर्नुभयो ।
देशको अर्थतन्त्रमा उत्पन्न सङ्कटबारे गम्भीर छलफल गर्न संसद् चल्नु आवश्यक रहेको स्पष्ट पार्नुभयो । अदालतले कारबाही नगरेपनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले उचित ढङ्गले फैसला गरेको उहाँको भनाइ छ ।
‘दल विभाजनका लागि जस्केलाबाट अध्यादेश ल्याउनु र उद्देश्य पूरा भएपछि फिर्ता लिनु, त्यसमा सभामुख, अदालत जस्ता संवैधानिक निकाय सहयोगी जस्तो बन्नु गलत हो’, उहाँले भन्नुभयो ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा