
भादगाउँ। भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विजय हासिल गरेको छ । नगरको १० वटै वडामा अध्यक्ष तथा सदस्य पदमा समेत नेमकिपाले दोस्रो पटक विजय हासिल गरेको हो ।
नगर प्रमुखमा सुनिल प्रजापतिले २९ हजार २ सय मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका राम कासुलाले ३ हजार ३५२ मत प्राप्त गर्नुभयो । प्रमुखका अर्का उम्मेदवार नेकपा (एमाले)का रविन्द्र लाछिमस्यूले २ हजार ८३७ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै प्रमुखकै उम्मेदवार सत्यराम त्वायनाले २ हजार ३४५, राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री लाखाजुले १ हजार १३८ र नेकपा (माओवादी केन्द्र)का तुलसीभक्त सुवालले ७४२ मत प्राप्त गर्नुभयो । त्यसैगरी उपप्रमुखमा नेमकिपाकी रजनी जोशी २९ हजार ६९५ मतसहित निर्वाचित हुँदा उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेकी रञ्जना चापागाईं खर्वुजाले २ हजार ७८४ मत प्राप्त गर्नुभयो । त्यस्तै वडा नं. १ अध्यक्षमा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा, ४ उपेन्द्र सुवाल, ५ मा योगेन्द्रमान बिजुक्छे, ६ मा हरिराम सुवाल, ७ मा उकेश कवाँ, ८ मा कृष्णप्रसाद कोजू, ९ मा रविन्द्र ज्याख्व र वडा नं. १० मा लक्ष्मी प्रसाद ह्यौंंमिखा विजयी हुनुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा