
लुम्बिनी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताउनुभएको छ ।
लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा नयाँ दिल्लीबाट प्रस्थान वक्तव्य जारी गर्दै उहाँले नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ ।
वक्तव्यमा उहाँले “मेरो भ्रमणको उद्देश्य शताब्दिऔँदेखि प्रगाढ र अभिलेखित पारस्परिक सम्बन्धलाई मनाउने र त्यसलाई अझ गाढा बनाउनका निम्ति हो,” भन्नुभएको छ ।
प्रधानमन्त्री देउवाको गत महिना भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि प्रधानमन्त्री देउवालाई फेरि भेट्न आफू आतुर रहेको बताउँदै प्रधानमन्त्री मोदीले जलविद्युत्, विकास र सम्पर्क सञ्जार विस्तारलगायत विभिन्न क्षेत्रमा सहयोग बढाउन साझा समझदारीलाई निरन्तरता दिइने वक्तव्यमा उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवाको निमन्त्रणामा उहाँ भोलि विशेष विमानबाट यहाँ आउँदै हुनुहुन्छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]