
काठमाडौँ । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण पदक दिलाउने भारोत्तोलन खेलाडी सन्जु चौधरी आज मृतावस्थामा भेटिएकी छिन् । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले आज बिहान कोठाभित्र झुण्डिएको अवस्थामा चौधरी फेला परेको बताए । शाहका अनुसार चौधरी बस्ने कोठाको भित्रबाट चुकुल लगाएको थियो ।
प्रहरी उपरीक्षक शाहले प्रारम्भिक अनुसन्धानमा चौधरीले आत्महत्या गरेको हुनसक्ने जनाउँदै थप अनुसन्धानपछि सत्यतथ्य पत्ता लाग्ने बताए । शाहले चौधरीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको जानकारी दिए । खेलाडी चौधरी ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा कोठा भाडामा बस्दै आएकी थिइन् ।
१९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा छनोट भएकी चौधरी बन्द प्रशिक्षणमा सामेल हुन काठमाडौँ आएकी थिइन् । बाँके घर भएकी अविवाहित चौधरीले सन् २०१९ मा नेपालमा नै आयोजना भएको तेह्रौँ सागमा महिला ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् । उनले श्रीलङ्काको खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेकी थिइन् ।
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित