
काठमाडौँ । बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहेका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गरेका छन् ।
गातार १४ औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवापुस्ताका चर्चित बक्सर हिमचितुवा घिमिरे विश्व रेकर्ड बनाउन सफल भएका हुन् ।
जापानको नायोगा सहरस्थित ‘नायोगा कंग्रेस सेन्टर इभेन्ट हल’मा शनिबार साँझ सम्पन्न सो प्रतियोगितामा हिमचितुवाले थाइल्याण्डका बक्सर विला साकलेकलाई दोस्रो राउण्डमा नै रिङमा ढालेका थिए । उनीहरु दुवै ‘के वान के प्रोफेसनल किक बक्सिङ’ भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् ।
सिमुरा डोजोको ५०औँ वार्षिकोत्सका अवसरमा आयोजित सो प्रतियोगितामा हिमचितुवाले तीन राउण्डको कूल १६ मिनेटको खेलमा साकलेकलाई १२ मिनेटमा ढालेका हिमचितुवाका प्रशिक्षक देव घिमिरेले जानकारी दिए । बक्सर देव घिमिरेसहित जापानी बक्सर सिमुरा तामियो र चाउ लोगेट हिमचितुवाको मुख्य प्रशिक्षका रहेका छन् ।
प्रशिक्षक देव घिमिरेका अनुसार अविरलले सिमरा डोजोबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्दै आएका छन् । यस अघि गत फागुनमा टोकियो सहरमा आयोजित ७० केजीको ‘के वान के प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’मा जापानी बक्सर दाइ माचुसितालाई पहिलो राउण्डमा नै पराजित गरी बक्सर अविरलले बक्सिङ खेलमा नयाँ रेकर्डसमेत कायम गरेका छन् ।
सो तौल समूहको प्रतिस्पर्धामा लगातार तीन पटक विजयी हुने उनी दक्षिण एशियाकै पहिलो खेलाडीसमेत बनेका थिए । उनको विजयको अविच्छिन्न यात्रा जारी छ । गत वर्षको ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरलले पाएका थिए ।
विश्वका युवापुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने अविरल पहिलो नेपाली बक्सर बनेका थिए ।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने