
रियाद । साउदी अरेबियाका राजा सलमानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको सरकारी सञ्चारमाध्यमले आइतबार उल्लेख गरेको छ।
राज्यले सामान्यतया ८६ वर्षीय वृद्ध सम्राटको स्वास्थ्यको बारेमा बाहिरिएका अनुमानहरू रोक्न खोजेको छ । राजा सलमानले २०१५ देखि शीर्ष तेल निर्यातक र अरब संसारको सबैभन्दा ठूलो अर्थतन्त्रको देशमा शासन गरिरहेका छन्।
उनी शनिबार तटीय शहर जेद्दास्थित किङ फैसल स्पेशलिस्ट अस्पतालमा “केही स्वास्थ्य परीक्षण गर्न गएका थिए।
सन् २०२० मा राजा सलमानलको पित्तथैलीको शल्यक्रिया भएको थियो ।
उनको शासन अन्तर्गत साउदी अरेबियाले छिमेकी यमनमा युद्धमा प्रवेश गर्ने लगायत थप दृढ परराष्ट्र नीति अपनाउदै महत्वाकांक्षी आर्थिक सुधारहरू शुरु गरेको र महिलाहरूलाई थप अधिकार दिइएको बताइन्छ।
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने