
कोपनहेगन । विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै युक्रेनमाथि भएको रुसको हमलाले मानिसको मानसिक स्वास्थ्यमा असर परिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले यसअघि विश्वमा नै कोभिडका कारणले मानसिक स्वास्थ्य समस्या उत्पन्न गरेको र यसबाट दशौँ लाख मानिसलाई प्रभावित बनाएको जनाएको छ ।
त्यसैगरी पछिल्लो समयमा आएर युक्रेन पनि यही समस्याका रुपमा थपिएको भन्दै यी दुई समस्याले दशौँ लाख मानिसलाई मानसिक स्वास्थ्यको समस्या देखा परेको सो संगठनले जनाएको छ । सो संगठनका युरोप क्षेत्रका निर्देशक हान्स क्लुगले सो कुरा बताउनुभएको हो । उहाँले अनुसन्धानबाट यस्तो समस्या देखिएको भन्दै युक्रेनमाथिको हमलाले युक्रेनका नागरिक मात्र नभएर द्वन्द्वका रुपमा यसको असर अन्यत्र पनि परेको उहाँले बताउनुभयो ।
रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेन र यसका छिमेकी देशहरुमा मानसिक स्वास्थ्यको परामर्श तथा औषधि खपतमा पनि बृद्धि भएको उहाँले बताउनुभयो ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने