
काठमाडौँ । जिम्बावे ‘ए’ विरुद्धको टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए टोलीले १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
जिम्बावेको जितमा तडिवानाशे मारुमानीले सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै कप्तान टोनी मुनयोङ्गाले ५० रन जोडे भने इनोसेन्ट कैयाले ४७ रन बनाए ।
नेपालका बसिर अहमदले २ तथा कप्तान सन्दीप लामिछाने र करण केसीले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो । नेपालका लागि आदिल अन्सारीले अविजित रहँदै सर्वाधिक ४७ रन बनाए । उनले २७ बलमा चार चौका र तीन छक्कासहित ४७ रनको योगदान दिएका हुन ।
त्यस्तै कुशल भुर्तेलले ४६ रन जोड्दा रोहित पौडेलले ३९ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए भने आसिफ शेख ९ रनमा आउट भए । आरिफ शेख २ रनमा आउट भए भने करण केसी ४ रनमा अविजित रहे । बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे, बे्रन्डन मभुता र जोन मसराले समान १/१ विकेट लिए ।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ए टोलीसँग उक्त सिरिज खेलिरहेको हो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा